काठमाडौं । स्पेनले युइएफए नेसन्स लिगमा सोमबार स्विट्जरल्यान्डविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा १६ अंक जोडेर लिग ‘ए’ समूह-४ को शीर्ष स्थानमा रहेको स्पेन अर्को चरणमा प्रवेश गरेको छ । पराजित स्विट्जरल्यान्ड समान खेलबाट दुई अंकका साथ पुछारमा रहेर लिग ‘बी’ मा झरेको छ ।
हेलियोडोरो रोड्रिग्वेज लोपेज रंगशालामा घरेलु टोली स्पेनलाई जित दिलाउन यारिमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले गोल गरे । स्विट्जरल्यान्डका लागि जोयल मोन्टिरो र एन्डी जेकिरीले गोल फर्काए ।
खेलको ३२औं मिनेटमा पिनोको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । ६३औं मिनेटमा मोन्टिरोले खेललाई बराबरीमा ल्याए ।
गिलले ६८औं मिनेटमा गोल गर्दा स्पेन - १ ले अगाडि बढ्यो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा जेकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २-२ को बराबरीमा ल्याए ।
इन्जुरी समयमा जारागोजाले पेनाल्टीमार्फत नै गोल गर्दै स्पेनलाई ३-२ को रोमाञ्चक जित दिलाए ।
यही समूहको अर्को खेलमा डेनमार्क र सर्बिया गोलरहित बराबरीमा रोकिए ।