काठमाडौं । इटाली युइएफए नेसन्स लिगमा आइतबार घरेलु मैदानमै फ्रान्ससँग ३-१ ले पराजित भएको छ ।
जितसँगै ६ खेलमा १३ अंक जोडेको फ्रान्स लिग ‘ए’ समूह-२ को शीर्षस्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको इटाली समान खेलबाट १३ अंक नै भए पनि गोल अन्तरमा पछि पर्दा दोस्रो स्थामा छ ।
सान सिएरोमा फ्रान्सलाई जित दिलाउन एड्रियन राबियोटले दुई गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । इटालीका लागि एन्ड्रिया काम्बियासो गरेको गोल सान्त्वना बन्यो ।
खेलको दोस्रो मिनेटमै राबियोटको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । ३३औं मिनेटमा गुग्लिएल्मो भिकारियोबाट आत्मघाती गोल हुन पुग्दा फ्रान्सको अग्रता दोब्बर बन्यो ।
काम्बियासोले ३५औं मिनेटमा गोल गर्दै इटालीलाई खेलमा फर्काउने संकेत दिएका थिए । ६५औं मिनेटमा राबियोटले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सको अग्रता ३-१ मा पुग्यो ।
त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्सले सहज जित दर्ता गर्यो ।
यही समूहको अर्को खेलमा बेल्जियम इजरायलसँग १-० ले स्तब्ध बन्यो ।