माघ १५, २०८२ बिहीबार | २२:३१:५०
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

एन्फा सिस्नेरीमा ज्यान गुमाएका ६ बालकको श्रद्धाञ्जली सभा सम्पन्न, पीडित भन्छन्: हाम्रो बच्चाको हत्या गरियो

एन्फा सिस्नेरीमा ज्यान गुमाएका बालकहरु, तस्विरः सरोज सापकोटा / खेलाडी ।

काठमाडौं । पहिरोका कारण ज्यान गुमाएका एन्फा सिस्नेरी फुटबल एकेडमीका ६ खेलाडीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सोमबार ४५औं दिनको पुण्यतिथिमा ‘हाम्रो अभियान नेपाली फुटबलमा आमूल परिवर्तन, उपत्यका समन्वय समिति’ले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

ललितपुरको कुपण्डोलस्थित कुपण्डोल बैंक्वेटमा सम्पन्न कार्यक्रममा दिवंगत परिवारका सदस्य र आफन्तजन, एन्फाका पूर्व अध्यक्ष, वर्तमान एन्फा कार्यसमितिका सदस्य, पूर्व खेलाडी र खेलप्रेमीको उपस्थिति थियो ।  

गत असोज १२ गते आएको भिषण बाढी र पहिरोका कारण मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ खेलाडीले ज्यान गुमाएका थिए । अविरल वर्षाका कारण कुलेखानी ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा पुरिएर यी खेलाडीको निधन भएको थियो ।

सभामा निधन भएका खेलाडीहरु सम्मिलित फोटोमा पुष्पाञ्जली अर्पण गरिएको थियो । पुष्पाञ्जली अर्पण भइरहँदा सम्हालिन नसकेका मृतकका आमाबुवा भक्कानिएर रोएका थिए । कार्यक्रममा उनीहरुले एन्फाको लापरबाहीमाथि कडा छानविन गरी आवश्यक कार्वाही गर्न माग राखे । उनीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाइँदा पनि अहिलेसम्म यसको छानविन प्रक्रिया सुरु नभएको गुनासो पोखे ।

एन्फा सिस्नेरीमा ज्यान गुमाएका बालकहरुलाई श्रद्धाञ्जली अर्पण गरिँदै, तस्विरः सरोज सापकोटा /खेलाडी ।

‘सरकार कानमा तेल हालेर बसेको छ । हाम्रो खासै ठूलो माग छैन । हामीले निश्पक्ष छानविनको मात्र माग गरेका हौं,’ मृतक आदित्य बलाम्पाकीका आफन्त भरत थापाले भने, ‘दोषीमाथि कडाभन्दा कडा कार्वाही गरियोस । यो निधन होइन, हत्या हो ।’

एन्फाका पूर्व उपाध्यक्ष एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले मापदण्ड विपरीत सञ्चालन गरिएको सिस्नेरी एकेडेमीमा खेलाडीलाई राख्नु गलत रहेको प्रतिक्रिया दिए । उनले भने, ‘सिस्नेरी एकेडेमीको सञ्चालन मापदण्ड विपरित छ । त्यहाँ नजिकै न त अस्पताल छ, न त स्वास्थ्य संस्था नै । यस्तो ठाउँमा खेलाडीलाई राख्नु एन्फाको गम्भिर लापरबाही हो । पीडित परिवारप्रति छानविन समितिलाई केही मतलब नै छैन । दोषीमाथि आवश्यक कार्वाही हुनुपर्छ ।’

त्यस्तै एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि छानविनमा सहयोग गरि विद्यालय व्यावस्थापन र घटनामा दोषी देखिएका जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्ने कुरा राखे । ‘एन्फाको चरम लापर्वाहीका कारण खेलाडीले ज्यान गुमाउनु परेको छ । दोषीलाई हदैसम्म कार्वाही गर्नुपर्छ । पीडितलाई न्याय दिलाउन हामी लागिरहेका छौं,’ थापाले भने ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।