चैत्र १३, २०८२ शुक्रबार | १०:३६:५३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एन्फा सिस्नेरीमा ज्यान गुमाएका ६ बालकको श्रद्धाञ्जली सभा सम्पन्न, पीडित भन्छन्: हाम्रो बच्चाको हत्या गरियो

एन्फा सिस्नेरीमा ज्यान गुमाएका बालकहरु, तस्विरः सरोज सापकोटा / खेलाडी ।

काठमाडौं । पहिरोका कारण ज्यान गुमाएका एन्फा सिस्नेरी फुटबल एकेडमीका ६ खेलाडीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सोमबार ४५औं दिनको पुण्यतिथिमा ‘हाम्रो अभियान नेपाली फुटबलमा आमूल परिवर्तन, उपत्यका समन्वय समिति’ले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

ललितपुरको कुपण्डोलस्थित कुपण्डोल बैंक्वेटमा सम्पन्न कार्यक्रममा दिवंगत परिवारका सदस्य र आफन्तजन, एन्फाका पूर्व अध्यक्ष, वर्तमान एन्फा कार्यसमितिका सदस्य, पूर्व खेलाडी र खेलप्रेमीको उपस्थिति थियो ।  

गत असोज १२ गते आएको भिषण बाढी र पहिरोका कारण मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ खेलाडीले ज्यान गुमाएका थिए । अविरल वर्षाका कारण कुलेखानी ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा पुरिएर यी खेलाडीको निधन भएको थियो ।

सभामा निधन भएका खेलाडीहरु सम्मिलित फोटोमा पुष्पाञ्जली अर्पण गरिएको थियो । पुष्पाञ्जली अर्पण भइरहँदा सम्हालिन नसकेका मृतकका आमाबुवा भक्कानिएर रोएका थिए । कार्यक्रममा उनीहरुले एन्फाको लापरबाहीमाथि कडा छानविन गरी आवश्यक कार्वाही गर्न माग राखे । उनीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाइँदा पनि अहिलेसम्म यसको छानविन प्रक्रिया सुरु नभएको गुनासो पोखे ।

एन्फा सिस्नेरीमा ज्यान गुमाएका बालकहरुलाई श्रद्धाञ्जली अर्पण गरिँदै, तस्विरः सरोज सापकोटा /खेलाडी ।

‘सरकार कानमा तेल हालेर बसेको छ । हाम्रो खासै ठूलो माग छैन । हामीले निश्पक्ष छानविनको मात्र माग गरेका हौं,’ मृतक आदित्य बलाम्पाकीका आफन्त भरत थापाले भने, ‘दोषीमाथि कडाभन्दा कडा कार्वाही गरियोस । यो निधन होइन, हत्या हो ।’

एन्फाका पूर्व उपाध्यक्ष एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले मापदण्ड विपरीत सञ्चालन गरिएको सिस्नेरी एकेडेमीमा खेलाडीलाई राख्नु गलत रहेको प्रतिक्रिया दिए । उनले भने, ‘सिस्नेरी एकेडेमीको सञ्चालन मापदण्ड विपरित छ । त्यहाँ नजिकै न त अस्पताल छ, न त स्वास्थ्य संस्था नै । यस्तो ठाउँमा खेलाडीलाई राख्नु एन्फाको गम्भिर लापरबाही हो । पीडित परिवारप्रति छानविन समितिलाई केही मतलब नै छैन । दोषीमाथि आवश्यक कार्वाही हुनुपर्छ ।’

त्यस्तै एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि छानविनमा सहयोग गरि विद्यालय व्यावस्थापन र घटनामा दोषी देखिएका जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्ने कुरा राखे । ‘एन्फाको चरम लापर्वाहीका कारण खेलाडीले ज्यान गुमाउनु परेको छ । दोषीलाई हदैसम्म कार्वाही गर्नुपर्छ । पीडितलाई न्याय दिलाउन हामी लागिरहेका छौं,’ थापाले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो