चैत्र ७, २०८२ शनिबार | २०:५६:५८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको वरिष्ठ उपाध्यक्ष खड्काको आरोप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीर वहादुर खड्काले दुई साताअघि सम्पन्न  दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप टिकट विक्रीमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलनमार्फत खड्काले टिकट विक्रीका लागि गठन भएको पाँच सदस्यीय समितिले एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन गर्दै अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाए । 

गत भदौ ११ र १३ गते सम्पन्न एन्फा कार्यसमिति बैठकको निर्णय नम्बर १६ मा साफ लगायत अन्य प्रतियोगिताको टिकटको दररेट निर्धारण तथा व्यवस्थापन गर्नको लागि एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रविण यादव, सुरेश शाह रदामोदर भट्टराई (बद्री) सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले कार्यसमितिको निर्णय र एन्फाको विधान विपरित टिकट विक्रीका लागि टेण्डर आह्वाह गरेको खड्काको आरोप छ ।

‘सात दिने सुचना निकाल्नु नै गलत कुरा हो । यो सात दिनमा पाँच दिन त चाडवर्पको बिदा नै छ । समयसिमा भित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नु पर्नेमा सोही कम्पनीसंग सम्झौता गर्नु वदनियत देखिन्छ,’ खड्काले जारी गरेको प्रेश विज्ञप्तिमा लेखिएको छ ।

माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले एन्फासँग ८० लाखमा प्रतियोगिताको टिकट विक्री ठेक्का किनेको थियो । तर, माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले भारतविरुद्धको विवादास्पद सेमिफाइनलमा सम्झौताविपरित बढि टिकट बेचेको आरोप लगाउँदै एन्फाले फाइनलको टिकट आफै बेच्ने निर्णय गरेको थियो ।

एन्फाले साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट काट्न लाइन बसेका दर्शक । 

माउन्ट एभरेस्ट स्पोर्टसले खल्ती डिजिटल वालेट एपबाट टिकट बेचिरहेको थियो । तर एन्फाले अचानक आफैले सम्झौता गरेर दिएको कम्पनीबाट टिकट विक्री अधिकार खोस्दा समर्थकले अनलाइन टिकट खरिद गर्न पाएका थिएनन् ।

‘टेण्डर दिइसकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थ प्रेरित देखिन्छ,’ खड्काले भने ।

फाइनलमा एन्फाले साधारण तर्फ १० हजार र भिआइपीतर्फ १००० टिकट विक्री गर्ने निर्णय गरेको थियो । तर, एन्फाले निर्णयको पालना नगरेको खड्काको आरोप छ ।

‘आफैले निर्णय गर्ने अनि आफैले उलङ्घन गर्ने ? भिआइपीतर्फ १०८२ र साधारण तर्फ १०,१३५ टिकट विक्री गरिएको छ । जुन तथ्य विक्री टिकट नम्बरबाट प्रमाणित भएको देखिन्छ,’ खड्का प्रश्न गर्छन्, ‘अध्यक्ष देश बाहिर रहेको अवस्थामा संघको विधानको धारा ३७ (६) ले म स्वतः कार्यवाहक अध्यक्ष हुने व्यवस्था गरेको छ । माथीको निर्णयले एन्फालाई करिब १ करोड ५० लाख क्षति पुगेको मेरो बुझाइ छ । संस्थालाई क्षति पुग्ने गरी अबैध कार्यहरु गरि किन टेण्डर रद्ध गरियो, बढि टिकट विक्री गर्नुको आशय के हो ?’

यसैगरी खड्काले चाँडोभन्दा चाँडो कार्यसमितिको बैठक बोलाएर साफ उपविजेता टोलीका खेलाडीलाई पुरस्कार रकम  दिने निर्णय गर्न पनि माग गरेका छन् । 

भिआइपीतर्फको टिकट नम्बर १०८२ ।
साधारणतर्फको टिकट नम्बर १०१३५ ।

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो