कार्तिक २, २०८१ शुक्रबार | २१:३८:२१
नेपालविरुद्ध भुटानको ऐतिहासिक बराबरी नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भुटानविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक, रेनुका र सरुको पुनरागमन श्रीलंकाको विजयी सुरुआत, माल्दिभ्सको गोल खडेरी कायमै सन्दीपले प्राप्त गरे भिषा, आजै अमेरिका जाने साफ महिला च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध श्रीलंकालाई अग्रता दोस्रो टेस्टमा पाकिस्तान विजयी इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो नेपालविरुद्ध भुटानको ऐतिहासिक बराबरी नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भुटानविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक, रेनुका र सरुको पुनरागमन श्रीलंकाको विजयी सुरुआत, माल्दिभ्सको गोल खडेरी कायमै सन्दीपले प्राप्त गरे भिषा, आजै अमेरिका जाने साफ महिला च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध श्रीलंकालाई अग्रता दोस्रो टेस्टमा पाकिस्तान विजयी इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

नेपालविरुद्ध भुटानको ऐतिहासिक बराबरी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्प्यिनसिपमा भुटानले नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको छ ।

च्याम्पियनसिपको सातौं संस्करणमा शुक्रबार नेपालविरुद्ध गोलरहित बराबरी खेलेसँगै भुटानले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘बी’ को दोस्रो खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालले भुटानविरुद्ध साफ इतिहासमै पहिलो पटक बराबरी खेलेको हो ।

यसअघिका चार भेटमा नेपाल भुटानविरुद्ध एकपक्ष रुपमा हाबी रहँदै आएको थियो । २०१४ यता लगातार चार संस्करण नेपाल र भुटानको भेट भएको थियो । यी चार खेलमा नेपालले भुटानको पोस्टमा २३ गोल गरेको छ । जवाफमा भुटानले एक गोल पनि गर्न सकेको छैन । जसमा ८–० गोलअन्तरको जित दुई पटक सम्भव भएका थिए ।

शुक्रबार करिब साढे पाँच हवार घरेलु समर्थकबीच नेपाली समर्थकलाई निराश पार्न भुटानी गोलकिपर संगीता मोंगेरले प्रमुख भूमिका खेलिन् । उनले नेपालका दुई सुनौला प्रहार बचाएकी थिइन् । यसबाहेक उनले अधिकांश समय नेपालको आक्रमणबाट सृजना भएको अवसरलाई नियन्त्रणमा लिएकी थिइन् ।

खेलको सातौं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । तर, सवीता रानामगरको प्रहार बाहिरिँदा नेपालले अग्रता लिन सकेन । १३औं मिनेटमा नेपालले गोलको नजिक पुगे पनि फेरि अग्रता लिनबाट चुक्यो । यसपालि स्ट्राइकर रश्मीकुमारी घिसिङको प्रहार भुटानी गोलकिपर संगीता मोंन्गरले बचाइन् । त्यसको चार मिनेटपछि सवीताको सुन्दर थ्रु पास मिडफिल्डर प्रीति राईले खेर फालिन् । विपक्षी खेलाडीको निगरानीमा नरहेकी प्रीतिको प्रहार आकाशिएको थियो ।

खेलको २०औं मिनेटमा तालमेल नमिल्दा नेपालले फेरि अर्को मौका गुमायो । सवीताको कर्नरमा रक्षक गिता रानाको हेडरले दोस्रो बारको जाली चुम्नै लाग्दा बल फरवार्ड अमिषा कार्कीसँग ठोक्किँदै बाहिरिएको थियो । त्यसको पाँच मिनेटपछि प्रीतिको सुन्दर थ्रु पासमा मिडफिल्डर सरु लिम्बुको प्रहार पनि बाहिरियो ।

खेलको ५३औं मिनेटमा सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेन । दीपा शाहीको कर्नरमा रेखा पौडेलको प्रहारलाई जामयाङ्ग छोदेन गोल लाइनबाट क्लियर गरिन् । सवीताको प्रहारलाई ५८औं मिनेटमा भुटानी गोलकिरप संगीता मोंगेरले सहजै नियन्त्रणमा लिइन् । त्यसको एक मिनेटपछि रेखाको प्रहारमा संगीता नै बाधक बनिनन् । त्यसको सात मिनेटपछि रक्षक विमला विकले बक्स बाहिरबाट गरेको प्रहार बार नजिकैबाट बाहिरियो । निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा रेखाको पासमा सवीताले गरेको प्रहार संगीताले सुन्दर बचाउ गरिन् ।

इन्जुरी समयमा सवीताको प्रहार पोस्टमा ठोक्किएर बाहिरिएपछि भुटान ऐतिहासिक सफलता हासिल गर्न सफल भयो ।

शुक्रबार नै भएको दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । जितसँगै श्रीलंकाले समूह ‘बी’मा स्पष्ट तीन अंक जोड्यो । अब नेपालले समूहको दोस्रो खेलमा कार्तिक ५ गते माल्दिभ्सको सामना गर्नेछ । सोही दिन भुटानले श्रीलंकासँग खेल्नेछ ।

 


भिडियो
INDIA VS PAKISTAN POST-MATCH PRESS CONFERENCE || SAFF Women's Championship
KHELADI TALKS WITH AJAY PHUYAL II KUMAR RAI II SENIOR COACH VOLLEYBALL
KHELADI TALKS WITH AJAY PHUYAL II SUMITRA REGMI II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
Nepal Premier League को अक्सनमा दङ्ग Kiran Chemjong
विदेशी खेलाडीमा सबै टिम निर्भर : Basanta Shahi Head Coach Kathmandu Gurkhas Nepal Premier League
Subodh Tripathi Pokhara Avengers Nepal Premier League
Shakti Gauchan Consultant Coach Lumbini Lions Nepal Premier League
Gyanendra Malla Head Coach, Karnali Yaks Nepal Premier League
रोमाञ्चक जित निकाल्दै कर्णाली च्याम्पियन KARNALI YASHVIS Everest Women's Volleyball League 2024
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024