माघ १८, २०८२ आइतबार | १२:५०:२२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

व्यावसायिक करियरबाट संन्यास लिने तयारीमा इनियस्टा

काठमाडौं । आधुनिक फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक ४० वर्षिय आन्द्रेस इनियस्टाले आफ्नो लामो व्यावसायिक फुटबल करियरलाई अन्त्य गर्ने घोषणा गरेका छन् ।

स्पेनिस फुटबलका लिजेन्ड इनियस्टाले यही अक्टोबर ८ मा फुटबल बुट सँधैका लागि थन्क्याउने निर्णय गरेका हुन् ।

दुई दशक विश्व फुटबलमा रमेका इनियस्टाले मंगलबार ट्वीटरमार्फत आफ्नो निर्णयका बारे जानकारी दिएका हुन् ।

बार्सिलोनाको ला मासीया एकेडेमीका उत्पादन इनियस्टा बल नियन्त्रण, भिजन र कम्पोजरका कारण विश्व फुटबलमा प्रख्यात छन् । सन् २००२ बाट बार्सिलोनको सिनियर टोलीमा खेलेका इनियस्टा २०१८ मा जापानी क्लब भिसेल कोबमा आबद्ध भएका थिए । उनले गत सिजन भने संयुक्त अरब इमिरेट्स (युएई)को इमिरेट्स क्लबमा बिताएका थिए । यस सिजन भने उनी क्लबविहीन थिए । 

इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलमा १३१ खेल खेल्दा १३ गोल गरेका छन् । उनकै गोलमा स्पेनले २०१० फिफा विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो । यसबाहेक उनले दुई पटक युइएफए युरोपियन च्याम्पियनसिप पनि जितेका छन् । बार्सिलोनाबाट भने उनले ९ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि हासिल गरेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।