माघ २, २०८१ बुधबार | १५:१०:४७
एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित

आरसिटी संग्रहालयको उद्घाटन

आरसिटी क्लबको संग्रहालयमा संग्रहित तस्विरहरु ।

काठमाडौं । अन्नपूर्ण क्लब (आरसिटी)ले सोमबार कमलाक्षीस्थित क्लब भवनमा रहेको संग्रहालयलको औपचारिक उद्घाटन गरेको छ ।

इन्द्रजात्राको अवसर पारेर मंगलबार काठमाडौं महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष योगेशकुमार खड्गीले क्लबका अध्यक्ष सुरेशकाजी शाक्यलाई हस्तान्तरण गरेपछि संग्रहालयको आधिकारिक उद्घाटन गरिएको थियो ।

विगतमा सञ्चालनमा आइसकेको संग्रहालयको महानगरपलिका वडा नं. २७ को आर्थिक सहयोगमा स्तरोन्नति गरिएको थियो । स्तरोन्नतिको सम्पूर्ण काम पूरा भएसँगै क्लबले मंगलबार आधिकारिक रुपमा संग्रहालयको उद्घाटन गरेको हो ।

कार्यक्रममा क्लबका संरक्षक समेत रहेका वडाध्यक्ष खड्गी, क्लबका पूर्व अध्यक्ष विजयनारायण मानन्धर, संग्रहालय संयोजक नरेश वैद्य, क्लबका पदाधिकारी, शुभचिन्तक र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

नेपाली फुटबलकै सर्वाधिक सफल क्लबमध्ये एक आरसिटीले २०७३ सालमा क्लबले प्राप्त सफलतालाई संरक्षण गर्ने उद्देश्यका साथ पहिलो पटक संग्रहालय स्थापना गरेको थियो । अहिले महानगरपालिका वडा नं. २७ को आर्थिक सहयोगमा क्लबले संग्रहालयलाई थप विस्तार गर्दै पुनः सञ्चालनमा ल्याएको हो । संग्रहालय ६ महिनायता पुनः निर्माण प्रक्रियामा थियो । संग्रहालयमा आरसिटीले अहिलेसम्म जितेका शिल्ड, पदक, प्रमाणपत्र, पुराना जर्सी तथा खेलपोशाक तथा तस्बिरहरु संग्रहित छन् ।

आरसिटी क्लबको संग्रहालयमा संग्रहित शिल्ड र पदकहरु ।

‘पदक सानो र ठूलो भन्ने हुँदैन । पदकको मूल्य धेरै छ । त्यसैले हामीले यसलाई संरक्षण गर्ने उद्धेश्यका साथ सन् २०१२ मा यो अवधारणा ल्याएका थियौं । त्यसको दुई वर्षपछि हामीले सङ्ग्राहलय निर्माणको काम थाल्यौं । २०१७ मा हामीले सङ्ग्राहयलाई पहिलो पटक स्थापित गर्यौँ । अहिले योगेशकुमार (खड्गी)को विशेष पहल र सक्रियतामा हामीले संरचनालाई विस्तार गर्न सफल भएका छौं,’ सङ्ग्राहलय संयोजक नरेश वैद्यले भने ।

एक वर्षअघि वडा र क्लबबीच सङ्ग्राहलय पुनः निर्माणका लागि बजेट उपलब्ध गराउने समझदारी भएको थियो । जसअनुरुप वडाले १५ लाख रुपैंया बजेट विनियोजन गरेको थियो ।

‘आरसिटीको इतिहास लामो छ । यस्तो इतिहास बोकेको क्लबको यो सङ्ग्राहलयले आउने पुश्तालाई प्रेरित गर्नेछ भन्ने सोचका साथ हामीले यसका लागि बजेट विनियोजन गरेका हौं,’ वडाध्यक्ष खड्गीले भने, ‘हामीले सङ्ग्राहलय बाहेक स्थानीय खेलाडी उत्पादन र फुटबल संस्कृति फर्काउने हेतुका साथ यस आर्थिक वर्ष ३० लाख रुपैंया पनि विनियोजन गरेका छौं ।’

वडाध्यक्ष खड्गीले सङ्ग्राहलयको मूल ढोकाको रिबन काटेका थिए । त्यसपछि उनले क्लबको इतिहास र सङ्ग्राहलयको कृतज्ञता ज्ञापन पत्र उल्लेखित ताम्रपत्रलाई छेकेको रातो पर्दा खोल्दै क्लब अध्यक्ष सुरेश काजी शाक्यलाई सङ्ग्राहलय हस्तान्तरण गरे ।

क्रमशः संग्रहालय संयोजक नरेश वैद्य , काठमाडौं महानगरपालिका वडा नं. २७ अध्यक्ष योगेशकुमार खड्गी, क्लबका अध्यक्ष सुरेशकाजी शाक्य  र  पूर्व अध्यक्ष विजयनारायण मानन्धर ।

औपचारिक कार्यत्रममा अध्यक्ष शाक्यले क्षमताले भ्याएसम्म सङ्ग्राहलयलाई थप विस्तार गर्ने बताए । ‘सबैको सल्लाह र सुझाव अनुसार यसलाई थप विस्तार गर्ने योजना बनाउनेछौं,’ शाक्यले भने, ‘खेलाडी भनेको आउँछन्, जान्छन् । तर, यसरी क्लबका लागि उनीहरुले दिएको पदक र सफलताहरु भने अमर रहन्छन् । पछिको पुश्ताले पनि हाम्रा बाजेहरु यसरी खेल्दा रहेछन् भनेर भन्न पाउनेछन् ।’

नेपाली फुटबलमा यसरी पदक र सफलताहरु जम्मा गरेर सङ्ग्राहलय प्रयोगमा ल्याइएको यो नै पहिलो पटक हो ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO