माघ १८, २०८२ आइतबार | १०:३६:२७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

होल्स्टेनविरुद्ध पेनाल्टी प्रहार गर्दै ह्यारी केन ।

काठमाडौं । ह्यारी केनको उत्कृष्ट प्रदर्शनप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेसलिगमा शनिबार घरेलु टोली होल्स्टेन किइलविरुद्ध ६-१ को फराकिलो जित दर्ता गरेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा नौ अंक जोडेको बायर्न शीर्षस्थानमा उक्लिएको छ । तीनै खेलमा पराजय ब्यहोरेको होल्स्टेन विना अंक पुछारमा छ ।

होल्सटिन रंगशालामा बायर्नलाई जित दिलाउन केनले ह्याट्रिक गर्दा जमाल मुसियाला र माइकल ओलिसेले समान एक गोल थपे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । होल्स्टेनका लागि अर्मिन जियोभिचले गोल फर्काए ।

खेलको पहिलो मिनेटमै मुसियालाको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ६ मिनेटपछि नै केनले टोलीको अग्रता दोब्बर बनाए ।

होल्स्टेनविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै बायर्नका खेलाडी ।
 

निकोइल रिम्बर्गबाट आत्मघाती गोल हुन पुग्दा बार्यन ३-० ले अगाडि बढ्यो । ४३औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

ओलिसेले ६५औं मिनेटमा गोल गर्दै बायर्नलाई ५-० ले फराकिलो अग्रता दिलाए । ८२औं मिनेटमा जियोभिचले होल्स्टेनका लागि सान्त्वना गोल गरे ।

इन्जुरी समयमा केनले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेपछि बायर्नले ६-१ को सानदार जित निकाल्यो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।