काठमाडौं । फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित दार्ता गरेको छ ।
घरेलु मैदान पार्क ओलम्पिक लियोनियसमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे ।
खेलको २९औं मिनेटमा मुआनीको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । ५७ औं मिनेटमा डेम्बेलेले टोलीको अग्रता दोब्बर बनाए । उनले एनगोलो कान्टेको पासलाई पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल निस्कन सकेन । जितसँगै दुई खेलमा तीन अंक जोेडेको फ्रान्स समूह लिग ‘ए’ को समूह-२ को दोस्रो स्थानमा छ । पहिलो पराजय ब्यहोरेको बेल्जियम समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
पहिलो खेलमा फ्रान्स इटालीसँग ३-१ ले पराजित हुँदा बेल्जियमले इजरायललाई सोही नतिजामा पारजित गरेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
