काठमाडौं । फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित दार्ता गरेको छ ।
घरेलु मैदान पार्क ओलम्पिक लियोनियसमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे ।
खेलको २९औं मिनेटमा मुआनीको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । ५७ औं मिनेटमा डेम्बेलेले टोलीको अग्रता दोब्बर बनाए । उनले एनगोलो कान्टेको पासलाई पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल निस्कन सकेन । जितसँगै दुई खेलमा तीन अंक जोेडेको फ्रान्स समूह लिग ‘ए’ को समूह-२ को दोस्रो स्थानमा छ । पहिलो पराजय ब्यहोरेको बेल्जियम समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
पहिलो खेलमा फ्रान्स इटालीसँग ३-१ ले पराजित हुँदा बेल्जियमले इजरायललाई सोही नतिजामा पारजित गरेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
