चैत्र १८, २०८२ बुधबार | १२:२०:२८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित

नेपाल पुलिस क्लब र बागमती प्रतिस्पर्धा गर्दै, तस्विर एन्फा ।

काठमाडौं । एन्फा महिला लिगमा आइतबार विभागीय टोली नेपाल पुलिस क्लबले बागमती युवा क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फ) मुख्यालय मैदानमा निर्मला उपाध्यायले ६५औं मिनेटमा गरेको एक मात्र गोल पुलिसलाई जित दिलाउन पर्याप्त बन्यो ।

दीपा न्यौपानेको क्रसलाई बागमतीका खेलाडीले राम्रोसँग क्लियर गर्न नसकेको अवस्थाको फाइदा उठाउँदै निर्मलाले गोल गरेकी थिइन् । 

नेपाल पुलिस क्लब र बागमती प्रतिस्पर्धा गर्दै, तस्विर एन्फा । 

त्यसअघि खेलको १८औं मिनेटमा कप्तान निरु थापा पेनाल्टीमा चुक्दा पुलिसले अग्रता लिने सुनौलो अवसरलाई खेर फाल्यो । उनकै प्रहारमा बागमतीकी रक्षक अनिशा विकले बक्स भित्र ह्यान्ड गरेपछि पुलिसले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । तर  निरुको प्रहार पोलमा लागेर फर्कियो । 

लगातार दोस्रो जितसँगै तीन खेलमा सात अंक जोडेको पुलिस दोस्रो स्थानमा कायम छ । यसअघि नेपाल एपिएफ क्लबसँग गोलरहित बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९-० ले पराजित गरेको थियो ।

यता लगातार दोस्रो पराजय ब्यहोरेको बागमती समान खेलबाट तीन अंकका साथ पाँचौं स्थानमा झरेको छ । यसअघि सुदूरश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको बागमतीले कोशी प्रदेशसँग २-१ को हार ब्यहोरेको थियो ।

आइतबारै सम्पन्न पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ४-० को फारकिलो जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो