माघ १८, २०८२ आइतबार | २१:४१:०८
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित

नेपाल पुलिस क्लब र बागमती प्रतिस्पर्धा गर्दै, तस्विर एन्फा ।

काठमाडौं । एन्फा महिला लिगमा आइतबार विभागीय टोली नेपाल पुलिस क्लबले बागमती युवा क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फ) मुख्यालय मैदानमा निर्मला उपाध्यायले ६५औं मिनेटमा गरेको एक मात्र गोल पुलिसलाई जित दिलाउन पर्याप्त बन्यो ।

दीपा न्यौपानेको क्रसलाई बागमतीका खेलाडीले राम्रोसँग क्लियर गर्न नसकेको अवस्थाको फाइदा उठाउँदै निर्मलाले गोल गरेकी थिइन् । 

नेपाल पुलिस क्लब र बागमती प्रतिस्पर्धा गर्दै, तस्विर एन्फा । 

त्यसअघि खेलको १८औं मिनेटमा कप्तान निरु थापा पेनाल्टीमा चुक्दा पुलिसले अग्रता लिने सुनौलो अवसरलाई खेर फाल्यो । उनकै प्रहारमा बागमतीकी रक्षक अनिशा विकले बक्स भित्र ह्यान्ड गरेपछि पुलिसले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । तर  निरुको प्रहार पोलमा लागेर फर्कियो । 

लगातार दोस्रो जितसँगै तीन खेलमा सात अंक जोडेको पुलिस दोस्रो स्थानमा कायम छ । यसअघि नेपाल एपिएफ क्लबसँग गोलरहित बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९-० ले पराजित गरेको थियो ।

यता लगातार दोस्रो पराजय ब्यहोरेको बागमती समान खेलबाट तीन अंकका साथ पाँचौं स्थानमा झरेको छ । यसअघि सुदूरश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको बागमतीले कोशी प्रदेशसँग २-१ को हार ब्यहोरेको थियो ।

आइतबारै सम्पन्न पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ४-० को फारकिलो जित निकाल्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।