माघ १७, २०८२ शनिबार | १९:३५:०५
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एन्फा कार्यसमिति बैठकमा एजेन्डा थपियो

फाइल तस्विरः एन्फा कार्यसमिति बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबारलाई तय भएको कार्यसमिति बैठकमा उपाध्यक्ष विराटजंग शाही र सदस्य पेमा डोल्मा लामाको मागअनुसारका एजेन्डा थप गरिएको छ ।

महासचिव किरण राईले आइतबार शाही र लामालाई पत्रमार्फत उनीहरुले माग गरेअनुसारका एजेन्डा थपेको जानकारी गराएका छन् । एन्फाले यसअघि विभिन्न २२ एजेन्डामाथि छलफल गर्न भन्दै कार्यसमिति बैठक बोलाएको थियो ।

त्यसमा महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गिकरण र सेवा सुविधा, फिफाले स्वीकृत गरिसकेको भेडाबारी एकेडेमी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि, वितेको आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन र विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेलहरुको आर्थिक विवरण, उपाध्यक्ष दावा लामाको विषयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले राखेपमा दर्ता गराएको पत्र र राखेपले एन्फालाई पठाएको पत्र, मिसन फिफा महिला विश्वकप २०२७ र २०३१ लगायतका विषयमा छलफलका लागि एजेन्डामा थप गर्न भन्दै शाही र लामाले छुट्टाछुट्टै पत्रमार्फत माग गरेका थिए ।

एन्फाले सुरुमा पठाएका २२ एजेन्डामा ती मागहरु पनि थप गरिएको जनाएको छ ।

यस्ता थिए एन्फाले पठाएका २२ एजेन्डाः
१. नयाँ आधुनिक फुटबल रंगशाला निर्माण बारे ।
२. उत्कृष्ट खेलाडी पुरस्कार बारे ।
३. खेलाडीको लागी नयाँ बस खरिद बारे ।
४. फिफा र एएफसीको अनुदानबाट भौतिक पुर्वधार निर्माण तथा अन्य क्षेत्रमा बजेट बिनियोजन बारे ।
५. खेलकुद सामाग्री खरिदको लागी बोल पत्र स्विकृत गर्ने बारे ।
६. कर्णली प्रदेश फुटबल संघ बारे ।
७. नयाँ सदस्य संस्था गठन बारे ।
८. कर्मचारी, खेलाडी, पदाधिकारीहरुको सेवा सुविधा बारे ।
९. पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बारे ।
१०. ललित स्मृति यु-१८ युथ लिगको अनुमानित खर्चको विवरण बारे ।
११. शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट बारे ।
१२. पदपुर्ति समितिको निर्णयहरु अनुमोदन बारे ।
१३. खद्यान्न सामाग्री सम्बन्धमा ।
१४. शेर्पा आउटडोर स्पोर्टस एन्ड एण्ड यूड्स इन्डस्ट्रीसंगको हरहिसाब फरफारक बारे ।
१५. एन्फा एकेडेमीको खेलाडीहरुको लागी खेल सामाग्रीहरु खरिद बारे ।
१६. साफ यु-२० र साफ वुमन्स च्याम्पियनसिपको बसोबास, यातायात, टिकट दर, अन्य मार्केटिङ्ग, टिकेटिङ्ग अधिकार र
बजेट बारे ।
१७. ग्रासरुट बजेट तथा कार्यविधि बारे ।
१८. महिला लिग २०२४को टिकट दर र अन्य मार्केटिङ्ग, र्बोडकास्टिङ्ग, टिकेटिङ्ग अधिकार बारे ।
१९. फुटबल फर स्कुलको राष्ट्रिय कार्यदल बारे ।
२०. वा ८ च ६१७ नंबरको गाडी सम्बन्धमा ।
२१. आ.व. २०८१/८२ को वार्षीक बजेट र कार्यक्रमको प्रारम्भीक छलफल बारे ।
२२. विविध 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।