चैत्र १४, २०८२ शनिबार | १३:३६:२९
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

एन्फा कार्यसमिति बैठकमा एजेन्डा थपियो

फाइल तस्विरः एन्फा कार्यसमिति बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबारलाई तय भएको कार्यसमिति बैठकमा उपाध्यक्ष विराटजंग शाही र सदस्य पेमा डोल्मा लामाको मागअनुसारका एजेन्डा थप गरिएको छ ।

महासचिव किरण राईले आइतबार शाही र लामालाई पत्रमार्फत उनीहरुले माग गरेअनुसारका एजेन्डा थपेको जानकारी गराएका छन् । एन्फाले यसअघि विभिन्न २२ एजेन्डामाथि छलफल गर्न भन्दै कार्यसमिति बैठक बोलाएको थियो ।

त्यसमा महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गिकरण र सेवा सुविधा, फिफाले स्वीकृत गरिसकेको भेडाबारी एकेडेमी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि, वितेको आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन र विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेलहरुको आर्थिक विवरण, उपाध्यक्ष दावा लामाको विषयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले राखेपमा दर्ता गराएको पत्र र राखेपले एन्फालाई पठाएको पत्र, मिसन फिफा महिला विश्वकप २०२७ र २०३१ लगायतका विषयमा छलफलका लागि एजेन्डामा थप गर्न भन्दै शाही र लामाले छुट्टाछुट्टै पत्रमार्फत माग गरेका थिए ।

एन्फाले सुरुमा पठाएका २२ एजेन्डामा ती मागहरु पनि थप गरिएको जनाएको छ ।

यस्ता थिए एन्फाले पठाएका २२ एजेन्डाः
१. नयाँ आधुनिक फुटबल रंगशाला निर्माण बारे ।
२. उत्कृष्ट खेलाडी पुरस्कार बारे ।
३. खेलाडीको लागी नयाँ बस खरिद बारे ।
४. फिफा र एएफसीको अनुदानबाट भौतिक पुर्वधार निर्माण तथा अन्य क्षेत्रमा बजेट बिनियोजन बारे ।
५. खेलकुद सामाग्री खरिदको लागी बोल पत्र स्विकृत गर्ने बारे ।
६. कर्णली प्रदेश फुटबल संघ बारे ।
७. नयाँ सदस्य संस्था गठन बारे ।
८. कर्मचारी, खेलाडी, पदाधिकारीहरुको सेवा सुविधा बारे ।
९. पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बारे ।
१०. ललित स्मृति यु-१८ युथ लिगको अनुमानित खर्चको विवरण बारे ।
११. शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट बारे ।
१२. पदपुर्ति समितिको निर्णयहरु अनुमोदन बारे ।
१३. खद्यान्न सामाग्री सम्बन्धमा ।
१४. शेर्पा आउटडोर स्पोर्टस एन्ड एण्ड यूड्स इन्डस्ट्रीसंगको हरहिसाब फरफारक बारे ।
१५. एन्फा एकेडेमीको खेलाडीहरुको लागी खेल सामाग्रीहरु खरिद बारे ।
१६. साफ यु-२० र साफ वुमन्स च्याम्पियनसिपको बसोबास, यातायात, टिकट दर, अन्य मार्केटिङ्ग, टिकेटिङ्ग अधिकार र
बजेट बारे ।
१७. ग्रासरुट बजेट तथा कार्यविधि बारे ।
१८. महिला लिग २०२४को टिकट दर र अन्य मार्केटिङ्ग, र्बोडकास्टिङ्ग, टिकेटिङ्ग अधिकार बारे ।
१९. फुटबल फर स्कुलको राष्ट्रिय कार्यदल बारे ।
२०. वा ८ च ६१७ नंबरको गाडी सम्बन्धमा ।
२१. आ.व. २०८१/८२ को वार्षीक बजेट र कार्यक्रमको प्रारम्भीक छलफल बारे ।
२२. विविध 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो