चैत्र ६, २०८२ शुक्रबार | ०३:००:२८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा उपाध्यक्ष लामाविरुद्ध वरिष्ठ उपाध्यक्ष खड्काले बुझाए ज्ञापन पत्र

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै खड्का

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले संघका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको मुद्धामा अदालतबाट दोषी ठहर भएकाले कानुन अनुसार कार्वाहीका लागि सम्बन्धित निकायमा आह्वान गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले खेलकुद विकास ऐन २०७७ अनुसार लागु औषध कारोवारको मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा उपाध्यक्ष लामा पदमा वहाल रहन नसक्ने जिकिर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष ज्ञापनपत्र बुझाएको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले परिषदका सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

सो क्रममा मन्त्री चौधरी, समितिका सभापति खतिवडा र सदस्यसचिव घिसिङले तत्काल कानुनअनुसार कार्वाहीको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएको एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले बताए ।

‘एन्फाका उपाध्यक्ष दावा लामामाथि साविक सम्मानीत पुनरावेदन अदालत(हाल उच्च अदालत) पाटनले लागु औषध खैरो हिरोइन विक्री वितरण र कारोवारको मुद्धामा ५ वर्ष कैद र ५ वर्ष जरिवाना हुने ठहर गरेको अवगत नै छ,’ खड्काले सञ्चार माध्यमलाई पठाएको पत्रमा उल्लेख छ, ‘अभियूक्त लामा विद्यमान खेलकुद विकास ऐन अनुसार पदमा वहाल रहन नसक्ने भएकोले आवश्यक कारवाहीका लागि आज राज्य व्यवस्था तथा शुसासन समितिका सभापति माननीय रामहरी खतिवडा, युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी र राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई खेलकुद ऐन कार्यन्वयनका लागि निवेदन दर्ता गराएको छु । राज्यका सवै निकायले यस विषयलाई गम्भिरतापूर्वक लिनु हुने विश्वास लिएको छु ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो