माघ १६, २०८२ शुक्रबार | १०:५२:०४
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

एन्फा उपाध्यक्ष लामाविरुद्ध वरिष्ठ उपाध्यक्ष खड्काले बुझाए ज्ञापन पत्र

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै खड्का

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले संघका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको मुद्धामा अदालतबाट दोषी ठहर भएकाले कानुन अनुसार कार्वाहीका लागि सम्बन्धित निकायमा आह्वान गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले खेलकुद विकास ऐन २०७७ अनुसार लागु औषध कारोवारको मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा उपाध्यक्ष लामा पदमा वहाल रहन नसक्ने जिकिर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष ज्ञापनपत्र बुझाएको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले परिषदका सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

सो क्रममा मन्त्री चौधरी, समितिका सभापति खतिवडा र सदस्यसचिव घिसिङले तत्काल कानुनअनुसार कार्वाहीको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएको एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले बताए ।

‘एन्फाका उपाध्यक्ष दावा लामामाथि साविक सम्मानीत पुनरावेदन अदालत(हाल उच्च अदालत) पाटनले लागु औषध खैरो हिरोइन विक्री वितरण र कारोवारको मुद्धामा ५ वर्ष कैद र ५ वर्ष जरिवाना हुने ठहर गरेको अवगत नै छ,’ खड्काले सञ्चार माध्यमलाई पठाएको पत्रमा उल्लेख छ, ‘अभियूक्त लामा विद्यमान खेलकुद विकास ऐन अनुसार पदमा वहाल रहन नसक्ने भएकोले आवश्यक कारवाहीका लागि आज राज्य व्यवस्था तथा शुसासन समितिका सभापति माननीय रामहरी खतिवडा, युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी र राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई खेलकुद ऐन कार्यन्वयनका लागि निवेदन दर्ता गराएको छु । राज्यका सवै निकायले यस विषयलाई गम्भिरतापूर्वक लिनु हुने विश्वास लिएको छु ।’
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।