चैत्र ४, २०८२ बुधबार | १७:४२:०१
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

भ्लाहोभिचको इन्टर सरुवा चर्चाको मोराटाद्धारा खण्डन

मिलान । इन्टर मिलानका प्रमूख कार्यकारी अधिकृत (सिइओ) गुसेप मोराटाले फियोरेन्टिनाका स्टार डुसान भ्लाहोभिचलाई भित्र्याउन लागेको चर्चाको खण्डन गरेका छन् ।

सर्बियाका अन्तर्राष्ट्रिय फरवार्ड भ्लाहोभिचको फियोरेन्टिनामा सम्झौता २०२३ को जुनमा सकिँदैछ । क्लबले नयाँ सम्झौताका लागि गरेको प्रस्ताब अस्विकार गरेपछि भ्लाहोभिचले फ्लोरेन्स छोड्ने पक्का भइसकेको छ ।

फ्लोरेन्स छोड्ने पक्का भइसकेपछि सम्भावित सरुवाका लागि २१ वर्षे भ्लाहोभिच इटालियन सिरी ‘ए’ च्याम्पियन इन्टरका साथै, युभेन्टस, इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख, स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको मड्रिड, टोटनहम र आर्सनललगायतका क्लबको सम्पर्कमा छन् ।

‘भ्लाहोभिच एउटा अत्यन्तै प्रतिभावान युवा खेलाडी हुन् भन्नेमा कुनै शंका छैन । अहिले फियोरेन्टिना र उनीबीच केही असमझदारी छन्, तर उनीहरुले आपसी संवादबाटै त्यो असमझदारी हटाउनेमा म आशावादी छु,’ भ्लाहोभिचलाई भित्र्याउन लागेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा मोराटाको जवाफ थियो, ‘हामीसँग उनको पोजिसनमा थुप्रै युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण छ ।’

भ्लाहोभिचले २०२१ मा फियोरेन्टिनाका लागि इटालियन सिरी ‘ए’मा २८ गोल गरिसकेका छन् । फियोरेन्टिनाको इतिहासमा कुनै पनि खेलाडीले एउटै क्यालेन्डर वर्षमा घरेलु लिगमा यति धेरै गोल गर्न सकेका छैनन् । यो वर्ष भ्लाहोभिचभन्दा बढि गोल युरोपका शीर्ष पाँच लिगमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोवस्कीले मात्र गरेका छन् ।

भ्लाहोभिच सन् २००० यता सिजनका पहिलो १४ लिग खेलमा ११ गोल गर्ने फियोरेन्टिनाका तेस्रो खलाडी हुन् । 
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं