माघ १४, २०८२ बुधबार | १७:४९:२६
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

सात बालन डी अरको कीर्तिमान तोडिदैन : मेसी

पेरिस । कीर्तिमानी सातौं पटक बालन डी अर जितेपछि पेरिस सेन्ट जर्मन (पिएसजी)का अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले आफ्नो कीर्तिमान भविश्यमा तोड्न अरु खेलाडीका लागि सहज नहुने बताएका छन् ।

पेरिसमा सोमबार राती भएको एक भव्य समारोहमा बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई पछि पार्दै मेसीले सातौं पटक बालन डी अरको उपाधि जितेका थिए । लेवान्डोवस्की पहिलो पटक समावेश गरिएको सर्वोत्कृष्ट स्ट्राइकरको अवार्डबाट विभुषित भए ।

सर्वाधिक पटक बालन डी अर जित्ने सुचीमा म्यानचेस्टर युनाइटेडका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । ३७ वर्षे रोनाल्डोले पाँच पटक विश्व फुटबलको यो प्रतिष्ठित अवार्ड जितेका छन् ।

‘मेरो विचारमा यो कीर्तिमान तोडिने खालको छैन । तथापि कसैले भविश्यमा यसलाई तोडे मैले स्विकार गर्नुपर्नेछ,’ ३४ वर्षे मेसीले भने, ‘इमान्दारीपूर्वक कुरा गर्दा सात पटक बालन डी अर जित्नु चानचुने उपलब्धि होइन । फेरी एक पटक पेरिसमा यो अवार्डका लागि उपस्थित हुन पाउनु मेरा लागि असाधारण खुसीको विषय हो ।’

मेसीले लिभरपुलका मोहम्मद सालाह र बायर्नका लेवान्डोवस्की निक्कै उत्कृष्ट लयमा रहेकाले आगामी वर्षहरुमा उनीहरुले बालन डी अर जित्ने सम्भावना रहेको बताए ।

‘सालाह र लेवान्डोवस्कीले निक्कै राम्रो फुटबल खेलिरहेका छन् । आगामी वर्षहरुमा उनीहरुले यो ट्रफी जित्ने अवसर छ । उनीहरु दुवै खेलाडी वर्तमान विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन् । उनीहरुले लामो समयदेखि आफ्नो स्तरलाई कायम राखेका छन्,’ मेसीले भने । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।