चैत्र ९, २०८२ सोमबार | १३:२२:०५
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

सात बालन डी अरको कीर्तिमान तोडिदैन : मेसी

पेरिस । कीर्तिमानी सातौं पटक बालन डी अर जितेपछि पेरिस सेन्ट जर्मन (पिएसजी)का अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले आफ्नो कीर्तिमान भविश्यमा तोड्न अरु खेलाडीका लागि सहज नहुने बताएका छन् ।

पेरिसमा सोमबार राती भएको एक भव्य समारोहमा बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई पछि पार्दै मेसीले सातौं पटक बालन डी अरको उपाधि जितेका थिए । लेवान्डोवस्की पहिलो पटक समावेश गरिएको सर्वोत्कृष्ट स्ट्राइकरको अवार्डबाट विभुषित भए ।

सर्वाधिक पटक बालन डी अर जित्ने सुचीमा म्यानचेस्टर युनाइटेडका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । ३७ वर्षे रोनाल्डोले पाँच पटक विश्व फुटबलको यो प्रतिष्ठित अवार्ड जितेका छन् ।

‘मेरो विचारमा यो कीर्तिमान तोडिने खालको छैन । तथापि कसैले भविश्यमा यसलाई तोडे मैले स्विकार गर्नुपर्नेछ,’ ३४ वर्षे मेसीले भने, ‘इमान्दारीपूर्वक कुरा गर्दा सात पटक बालन डी अर जित्नु चानचुने उपलब्धि होइन । फेरी एक पटक पेरिसमा यो अवार्डका लागि उपस्थित हुन पाउनु मेरा लागि असाधारण खुसीको विषय हो ।’

मेसीले लिभरपुलका मोहम्मद सालाह र बायर्नका लेवान्डोवस्की निक्कै उत्कृष्ट लयमा रहेकाले आगामी वर्षहरुमा उनीहरुले बालन डी अर जित्ने सम्भावना रहेको बताए ।

‘सालाह र लेवान्डोवस्कीले निक्कै राम्रो फुटबल खेलिरहेका छन् । आगामी वर्षहरुमा उनीहरुले यो ट्रफी जित्ने अवसर छ । उनीहरु दुवै खेलाडी वर्तमान विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन् । उनीहरुले लामो समयदेखि आफ्नो स्तरलाई कायम राखेका छन्,’ मेसीले भने । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो