काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रबार खुमटार युथ क्लबविरुद्ध ४ ० को फराकिलो जित निकालेको छ ।
चौथो जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । सातौं हार ब्यहोरेको खुमलटारको समान खेलबाट तीन अंक छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन रोमन श्रेष्ठले दुई तथा क्याप्टेन बोगटी र सनिल स्याङताङले समान एक गोल गरे ।

खेलको छैटौं मिनेटमा रोमनको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । चार मिनेटपछि नै क्याप्टेनले टोलीको अग्रता दोब्बर बनाए ।
सनिलले ६८औं मिनेटमा गोल गर्दा थ्री स्टार ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा रोमनले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई सहज जित दिलाए ।
शुक्रबार नै सम्पन्न पहिलो खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडविरुद्ध २-१ को जित निकाल्यो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
