चैत्र १७, २०८२ मंगलबार | १०:३१:०२
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

क्लब विश्वकपको तालिका तय

लन्डन । युरोपियन च्याम्पियन चेल्सीले क्लब विश्वकपको सेमिफाइनलमा अल हिलाल, अल जजिरा र अकल्यान्ड सिटीमध्ये एकसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

युएईको च्याम्पियन अल जजिराले ओसियानाको प्रतिनिधि अकल्यान्डसँग पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछ । त्यो खेलको विजेताले एसियाली च्याम्पियन अल हिलालसँग खेल्नुपर्नेछ । जसको विजेतासँग चेल्सीले सेमिफाइनल प्रतिस्पर्धा गर्नेछ । तर सेमिफाइनलको मिति भने सार्वजनिक गरिएको छैन ।

अर्को सेमिफाइनलमा हालैमात्र कोपा लिबरडेडोर्सको उपाधि जितेको दक्षिण अमेरिकी च्याम्पियन पाल्मेइरासले अल आहली र मोन्टेरेमध्ये एकसँग खेल्नुपर्नेछ ।

२०२२ को फेब्रुअरी ३ देखि १२ सम्म हुने प्रतियोगितामा सबै महादेशका च्याम्पियन र आयोजक देशको घरेलु लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । ओसियाना च्याम्पियन्स लिग यसपाली महामारीका कारण हुन नसकेपछि अकल्यान्डलाई प्रतिनिधिका रुपमा सहभागि गराइएको हो ।

प्रतियोगितामा यसअघि इङ्ल्यान्डका लिभरपुलले २०१९ र म्यानचेस्टर युनाइटेडले २००८ मा मात्र उपाधि जितेको इतिहास छ । चेल्सी २०१२ को फाइनलमा कोरिन्थियन्ससँग पराजित भएको थियो ।

क्लब विश्वकपका कारण चेल्सीले घरेलु इङ्लिस प्रिमियर लिगमा फेब्रुअरी आठमा गर्ने ब्राइटन भ्रमण र त्यसको चार दिनपछि आर्सनलविरुद्धको खेलको तालिका परिवर्तन गर्नुपर्नेछ ।

अफ्रिका कप अफ नेशन्ससँग क्लब विश्वकप जुधेकाले सेनेगल र मोरक्कोले कप अफ नेशन्समा राम्रो यात्रा गरे चेल्सीको टोलीमा गोलकिपर इडुवार्ड मेन्डी र विंगर हाकिम जियेचको साथ नरहन सक्छ । कप अफ नेशन्स फेब्रुअरी ६ मा सम्पन्न हुनेछ ।

यसैगरी अफ्रिकन च्याम्पियन अल आहलीलाई पनि इजिप्टका अन्तर्राष्ट्रिय खेलाडीहरुको पहिलो रोजाईको साथ रहने छैन । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो