काठमाडौं । पोर्चुगिज रक्षक पेपेपेपेले फुटबलबाट संन्यासको घोषणा गरेका छन् । ब्राजिलमा जन्मिएका पेपेले सामाजिक सञ्जालमार्फत आफ्नो करिअरलाई विश्रम दिने निर्णय गरे ।
उनले पोर्चुगलका लागि १४१ खेल खेल्दा आठ गोल गरेका छन् । पोर्चुगलका लागि पेपे भन्दाबढि क्रिस्टियानो रोनाल्डोले २११ र जोआओ माउटिन्होले १४६ खेल खेलका छन् ।
सन् २००८ मा पोल्यान्डविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका पेपेले यही वर्ष फ्रान्सविरुद्ध अन्तिम खेल खेले । सन् २०१६ मा पोर्चुगलले युरोपियन च्यम्पियनसिपको उपाधि जित्दा पेपे महत्वपूर्ण खेलाडी थिए ।
पेपेले सन् २००७ देखि २०१७ सम्म स्पेनिस क्लब रियाल मड्रिडमा बिताउँदा च्याम्पिन्स लिग, ला लिगा, कोपा डेल रे, क्लब विश्वकप, स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।
पेपे पछिल्लो पटक पोर्चुगिज क्लब पोर्टोका लागि खेलिरहेका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
