चैत्र ७, २०८२ शनिबार | १९:१३:४५
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

मछिन्द्रको रोमाञ्चक जित

फाइल तस्विर

काठमाडौं । मछिन्द्र फुटबल क्लब ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार मनाङ मर्स्याङदी क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ । 

चौथो जितसँगै सात खेलमा १४ अंक जोडेको मछिन्द्र चौथो स्थानमा छ । दोस्रो हार ब्यहोरेको मनाङ समान खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन रोनिक रानामगर, भुपेन्द्र धरला र प्रसुन तामाङले गोल गरे । मनाङका लागि दर्शन अधिकारी र अमृत बस्यालले गोल फर्काए ।

खेलको २२औं मिनेटमा रोनिकको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । तर यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ६ मिनेटपछि नै दर्शनले पेनाल्टीमार्फत गोल गर्दै मनाङलाई बराबरीमा ल्याए । 

भुपेन्द्रले ३१औं मिनेटमा गोल गर्दा मछिन्द्र २-१ ले अगाडि बढ्यो । ६०औं मिनेट प्रसुनले टोलीका लागि तेस्रो गोल गरे ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अमृतले गोल गर्दै मनाङलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 

आइतबार नै सम्पन्न पहिलो खेलमा न्युरोट टिम (एनआरटी) ले त्रिभुवन आर्मी क्लबलाई ४-२ ले पराजित गरेको थियो ।   
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो