चैत्र १५, २०८२ आइतबार | १८:०५:०५
बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता

एनआरटीको जितमा विज्ञानको ह्याट्रिक

तस्विरः एन्फा

काठमाडौं । कप्तान विज्ञान खड्काको ह्याट्रिकपेरित न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार त्रिभुवन आर्मी क्लबविरुद्ध ४-२ को जित निकालेको छ ।

पाँचौं जितसँगै सात खेलबाट १६ अंक जोडेको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ । पाँचौं हार ब्यहोरेको आर्मी समान खेलबाट चार अंकका साथ १०औं स्थानमा छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एनआरटीलाई जित दिलाउन थप एक गोल सन्तोष गोन्ग्बाले गरे । आर्मीका लाथि भुवन कामी र अनुभव पुरीले गोल फर्काए ।

खेलको २२औं मिनेटमा सन्तोषको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । ६ मिनेटपछि नै विज्ञानले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

तस्विरः एन्फा

विज्ञानले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । तीन मिनेटपछि नै आर्मीका भुवनले गोल गर्दा खेल ३-१ को स्थितीमा आयो ।

अभुवनले ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर इन्जुरी समयमा विज्ञानले ह्याट्रिक पूरा गरेपछि एनआरटीको जित पक्का भएको थियो ।

प्रतियोगितामा यो तेस्रो ह्याट्रिक हो । यसअघि पुलिसका विक्रम गौतमले थ्री स्टार र जावलाखेलका विवश दर्लामीले चर्च ब्वाइजविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो