माघ १८, २०८२ आइतबार | १३:०३:२७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

टुंगियो मछिन्द्रको अपराजित यात्रा

तस्विरः एन्फा

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगको छैटौं खेलमा आएर मछिन्द्र फुटबल क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार मछिन्द्र न्युरोड टिम (एनआरटी)सँग ३-० ले पराजित भयो ।

पहिलो पराजयसँगै मछिन्द्रले ६ खेलमा ११ अंकका साथ चौथो स्थानमा झरेको छ । मछिन्द्रले अघिल्ला पाँच खेलमा तीन जित र दुई बराबरीको नतिजा निकालेको थियो ।

यता चौथो जित निकालेको एनआरटी समान खेलबाट १३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीलाई जित दिलाउन रोहन मोक्तान, अंकित थापा र सन्तोष गोन्ग्बाले गोल गरे । 

तस्विरः एन्फा

पहिलो हाफको इन्जुरी समयमा रोहनको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । उनले इशान थापाको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।

अकिंतले ७१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको इन्जुरी समयमा सन्तोषले विनायक थारुको पासमा गोल गर्दै एनआरटीलाई सहज जित दिलाए ।

बुधबार नै सम्पन्न पहिलो खेलमा संकटा क्लबले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध २-१ को जित निकालेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।