चैत्र १४, २०८२ शनिबार | ०९:४०:२३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

टुंगियो मछिन्द्रको अपराजित यात्रा

तस्विरः एन्फा

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगको छैटौं खेलमा आएर मछिन्द्र फुटबल क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार मछिन्द्र न्युरोड टिम (एनआरटी)सँग ३-० ले पराजित भयो ।

पहिलो पराजयसँगै मछिन्द्रले ६ खेलमा ११ अंकका साथ चौथो स्थानमा झरेको छ । मछिन्द्रले अघिल्ला पाँच खेलमा तीन जित र दुई बराबरीको नतिजा निकालेको थियो ।

यता चौथो जित निकालेको एनआरटी समान खेलबाट १३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीलाई जित दिलाउन रोहन मोक्तान, अंकित थापा र सन्तोष गोन्ग्बाले गोल गरे । 

तस्विरः एन्फा

पहिलो हाफको इन्जुरी समयमा रोहनको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । उनले इशान थापाको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।

अकिंतले ७१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको इन्जुरी समयमा सन्तोषले विनायक थारुको पासमा गोल गर्दै एनआरटीलाई सहज जित दिलाए ।

बुधबार नै सम्पन्न पहिलो खेलमा संकटा क्लबले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध २-१ को जित निकालेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो