चैत्र ७, २०८२ शनिबार | ०३:०६:३२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

युरोमा अफ्रिकी खेलाडीको निर्णायक प्रदर्शन

काठमाडौं । लमिन यामाल, युरोपियन च्याम्पियनसिप २०२४ का नायक । १७ वर्षीय यी स्पेनिस विंगर, अहिले विश्व फुटबलमा ठूलो चर्चाको विषय बनेका छन् । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका यामालले जर्मनीमा जारी युरो २०२४ मा तहल्का मच्चाइरहेका छन् ।

गत मंगलबार मात्र यामालकै दर्शनीय गोलमा स्पेनले सेमिफाइनलमा फ्रान्सविरुद्ध पछि परिसकेको खेललाई बराबरीमा ल्याएको थियो । गोलसँगै उनी युरोमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । पछि मिडफिल्डर ड्यानी ओल्मोको गोलमार्फत स्पेन २–१ को जित निकाल्दै १२ वर्षपछि युरोपेली फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा फाइनल पुग्यो ।

आइतबार स्पेनले फाइनलमा इङ्ल्यान्डको सामना गर्दैछ । फाइनलमा इङ्ल्यान्डको प्रमुख चुनौती भनेको यामाललाई रोक्नु नै हुनेछ । यामालको उच्च प्रदर्शनले निरन्तरता पाएमा पहिलो पटक युरो जित्ने इङ्ल्यान्डको लक्ष्यमा गतिलो तगारो लाग्न सक्नेछ ।

चर्चाको केन्द्रविन्दूमा रहेका यी खेलाडी अफ्रिकी मुलका हुन् ।

सन् २००० का सुरुआती वर्षमा रहेको बसाई सराई गर्ने चरम चलनले यसपालिको युरोमा प्रत्यक्ष असर पार्यो । यही कारण हो, पछिल्ला संस्करणको तुलनामा यसपालि खेलाडीमा सांस्कृतिक विविधता धेरै देखिएको । प्रभाव पार्न सफल राष्ट्रहरुले आफ्नो यात्राको श्रेय अफ्रिकी मुलका खेलाडीलाई दिन आवश्यक छ ।

सबैभन्दा पहिले कुरा स्पेन र यामालकै । दशकअघि सम्म स्पेनिस फुटबलको परिचय बेग्लै थियो, स्लो प्यसिएन्ट पोसेसन फुटबल । तर, अहिले समय फेरिएको छ, सँगै टोलीले खेल्ने तरिका पनि ।

दुई तीव्र गतिका युवा यामाल र निको विलियम्सले मैदानको दुई छेउबाट गर्ने आक्रमणले स्पेनिस फुटबलको पहिचान नै फेरिदिएको छ । अहिले स्पेन छोटो पास कमै खेल्छ, पाएको अवसरमा आक्रमण गरिहाल्छ । क्विक काउन्टर त टोलीको परिचय बनिसक्यो भन्दा फरक पर्दैन । यी सबका नायकमध्ये यामाल मोरक्कन-इक्वाटोगिनियन र निको घानी वंशका हुन् ।

अन्तर्राष्ट्रिय फुटबलमा चर्चित बोयटिङ दाजुभाइ जसरी एकजना जर्मनी र अर्को घाना गरि छुट्टिए, निको र उनका दाइ इनाकी विलियम्स पनि उसैगरी अलग भएका हुन् ।

इनाकी र निको दुवै स्पेनमा जन्मेका हुन् । विलियम्स परिवार सुनौलो भविष्यको खोजीमा साहारा मरुभूमि पार गर्दै स्पेन हानिएका थिए । पछि, इनाकीले चार पटकको अफ्रिकन च्याम्पियन घानाको प्रतिनिधित्व गरे भने निकोले स्पेन रोजे । व्यावसायिक फुटबलमा भने दुवै स्पानिस ला लिगाको क्लब एथलेटिक बिल्बाओबाट खेल्छन् ।

उता यामालका परिवार १९८८ मा स्पेन छिरेका थिए । बुवा मोरक्को र आमा गिनीमा जन्मेका थिए । यामाल तीन वर्षको हुँदा उनका आमा–बुवा छुट्टिएका थिए । यामल आमासँगै बस्न थाले । चार वर्षदेखि फाट्टफुट्ट स्थानीय क्लब ला टोरेट्टामा फुटबल खेल्न थाले । पछि, बार्सिलोनाले उनी ६ वर्षको हुँदा ला मासियामा भर्ना गरिदिएको थियो ।

स्पेनपछि कुरा आयोजक जर्मनीको । जर्मनीको यात्रा क्वार्टफाइनलभन्दा अगाडि बढ्न सकेन । जारी युरोपियन च्याम्पियनसिपमा घरेलु टोलीको यात्रामा स्पेनले नै ब्रेक लगाएको थियो ।

जर्मनीले अपेक्षित यात्रा गर्न नसके पनि युवा मिडफिल्डर जमाल मुसियालाले भने सबैको मन जिते । २१ वर्षीय मुसियाला उमेर समूहमा इङ्ल्यान्डको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । उनका बुवा नाइजेरियाली मूलका अनि आमा जर्मनका थिए । सात वर्षसम्म जर्मनीमै बिताएका मुसियाला त्यसपछि परिवारसँगै इङ्ल्यान्ड पुगेका थिए । त्यहाँ उनले आफ्नो बाल्यकाल बिताए ।

मुसियाला बाल्यकालका पछिल्ला केही वर्षहरुमा चेल्सी एकेडेमीमा थिए । १६ वर्षको उमेरमा उनकी आमा व्यक्तिगत कारणले जर्मनी फर्किइन । मुसियालाले आमालाई पछ्याए र फेब्रुअरी २०२१ मा उनले जर्मनीबाट खेल्ने जानकारी दिए । मनले चाहेको भए मुसियालाले नाइजेरियाको पनि प्रतिनिधित्व गर्न सक्थे । तर, उनले जर्मनी रोजे ।

क्वार्टरफाइनलसम्म यात्रा गरेको अर्को टोली थियो, स्विट्जरल्यान्ड । आयोजकसम्मिलित समूह ‘ए’ बाट दोस्रो स्थानमा रही नकआउट चरण प्रवेश गरेको स्विट्जरल्यान्डले अन्तिम १६ मा इटालीलाई २–० को नतिजामा स्तब्ध पारेको थियो ।

क्वार्टरफाइनलमा पनि स्विस टोलीले इङ्ल्यान्डलाई कडा चुनौती प्रस्तुत गरेको थियो । निर्धारित समयसम्म १–० को अग्रतामा रहेको स्विट्जरल्यान्डले इन्ज्युरी समयमा बराबरी गोल खाएको थियो । ज्युड बेलिङघमले दर्शनीय ओभरहेड किक प्रहार गर्दा स्विट्जरल्यान्ड स्तब्ध बन्यो । अतिरिक्त समयमा ह्यारी केनको गोल निर्णायक बन्दा स्विट्जरल्यान्ड प्रतियोगिताबाट बाहिरियो ।

स्विट्जरल्यान्डमा थुप्रै यस्ता खेलाडी छन्, जो अफ्रिकी वंशबाट आएका हुन् । ती मध्ये एक हुन्, ड्यान एनडोए । १२ महिनाअघि मात्र २३ वर्षीय मिडफिल्डर एनडोएसँग एक पटकको अफ्रिकन कप विजेता सेनेगलको प्रतिनिधित्व गर्ने अवसर थियो ।

इटालियन सिरी ‘ए’को क्लब बोलोग्नाका यी खेलाडीले जर्मनविरुद्ध बराबरी गोल गरेका थिए । एनडोएबाहेक वैकल्पिक गोलकिपर याम एमभोगो, रक्षक म्यानुवेल अकान्जी, मिडफिल्डर डेनिस जकाराई तथा फरवार्डहरु ब्रील एमबोलो, क्वाडो दुवा र जेकी एमडौनी सबै अफ्रिकी वंशका हुन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो