चैत्र ५, २०८२ बिहीबार | २३:२२:४५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नुनेजले समर्थकसँग झगडा गरेको विषयमा कन्मेबोलको अनुसन्धान

काठमाडौं। कन्मेबोलले उरुग्वेका फरवार्ड डार्विन नुनेजले कोलम्बियाका समर्थकसँग झगडा गरेको विषयमा अनुसन्धान सुरु गरेको छ ।

कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियासँग पराजित भएपछि नुनेज दर्शकहरूसँग झगडामा संलग्न थिए।

नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालाको स्ट्यान्डको रेलिङमा चढेर नुनेज झगडा गरिरहेको तस्बिर तथा भिडियो सञ्चारकर्मी र समर्थकले कैद गरेका थिए । जसमा नुनेजले कोलम्बियन समर्थकको सामना गरिरहेको र अरूले उनलाई रोक्न खोजेको देखिएको छ । घटनामा उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको बताइएको छ ।

दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कन्मेबोलले विज्ञप्तिमा भनेको छ, ‘कोपा अमेरिकाको फाइनल पूर्वसन्ध्यामा, हामी सबैलाई चेतावनी दिन चाहन्छौं कि यस विश्वव्यापी फुटबल उत्सवलाई कलंकित गर्ने कुनै पनि कार्य सहन हुने छैन । कोलम्बिया र उरुग्वेविरुद्धको खेलपछि भएको घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।’

उरुग्वेको सञ्चारमाध्यम एल पेसका अनुसार खेलाडीका साथी र परिवारका सदस्यहरू बस्ने ठाउँ नजिकै यो झडप भएको थियो । नुनेजले घटनाका बारेमा हालसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

उरुग्वेका कप्तान जोसे मारिया गिमेनेजले खेलाडीले आफ्नो परिवारको रक्षा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ कुनै प्रहरी थिएनन् त्यसैले हामीले नै आफ्नो परिवारको रक्षा गर्नुपर्यो। यो दुई वा तीन व्यक्तिको गल्ती हो जसले धेरै रक्सी पिएका थिए,’  गिमिनेजले भने ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो