माघ १५, २०८२ बिहीबार | १०:२७:५९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नुनेजले समर्थकसँग झगडा गरेको विषयमा कन्मेबोलको अनुसन्धान

काठमाडौं। कन्मेबोलले उरुग्वेका फरवार्ड डार्विन नुनेजले कोलम्बियाका समर्थकसँग झगडा गरेको विषयमा अनुसन्धान सुरु गरेको छ ।

कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियासँग पराजित भएपछि नुनेज दर्शकहरूसँग झगडामा संलग्न थिए।

नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालाको स्ट्यान्डको रेलिङमा चढेर नुनेज झगडा गरिरहेको तस्बिर तथा भिडियो सञ्चारकर्मी र समर्थकले कैद गरेका थिए । जसमा नुनेजले कोलम्बियन समर्थकको सामना गरिरहेको र अरूले उनलाई रोक्न खोजेको देखिएको छ । घटनामा उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको बताइएको छ ।

दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कन्मेबोलले विज्ञप्तिमा भनेको छ, ‘कोपा अमेरिकाको फाइनल पूर्वसन्ध्यामा, हामी सबैलाई चेतावनी दिन चाहन्छौं कि यस विश्वव्यापी फुटबल उत्सवलाई कलंकित गर्ने कुनै पनि कार्य सहन हुने छैन । कोलम्बिया र उरुग्वेविरुद्धको खेलपछि भएको घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।’

उरुग्वेको सञ्चारमाध्यम एल पेसका अनुसार खेलाडीका साथी र परिवारका सदस्यहरू बस्ने ठाउँ नजिकै यो झडप भएको थियो । नुनेजले घटनाका बारेमा हालसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

उरुग्वेका कप्तान जोसे मारिया गिमेनेजले खेलाडीले आफ्नो परिवारको रक्षा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ कुनै प्रहरी थिएनन् त्यसैले हामीले नै आफ्नो परिवारको रक्षा गर्नुपर्यो। यो दुई वा तीन व्यक्तिको गल्ती हो जसले धेरै रक्सी पिएका थिए,’  गिमिनेजले भने ।  

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।