चैत्र ६, २०८२ शुक्रबार | ०५:३६:३१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नेदरल्यान्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार फाइनलमा

काठमाडौं । नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै इङ्ल्यान्ड लगातार युरोपियन च्याम्पियनसिप (युरो २०२४) को फाइलनमा पुगेको छ ।

अब, इङ्ल्यान्डले उपाधिको लागि स्पेनसँग खेल्नेछ । स्पेन फ्रान्सलाई २–१ ले हराउँदै पाँचौ पटक फाइनलमा प्रवेश गरिसकेको छ । तीन पटक स्पेनले उपाधि नै जितेको छ । इङ्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुगेको  छ । टोली इटालीसँग पराजित भएको हो ।

बुधबार राति बोरुसिया डर्टमन्डको सिंगल इडुना पार्कमा ६० हजार समर्थकमाझ इङ्ल्यान्डलाई जित दिलाउन ओली वाटकिङ्सले विजयी गोल गरेका हुन् । कोल पाल्मरले मिलाएको पासमा उनले निर्णायक गोल गरेका थिए ।

यसअघि खेलको सातौं मिनेटमै नेदरल्यान्ड्सले अग्रता बनायो । २१ वर्षीय युवा अट्याकर जाभी सिमोन्सले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । सिमोन्सले दायाँ खुट्टाले हानेको प्रहार गोलकिपर जोर्डन पिकफोर्डले रोक्ने कुनै अवसर नै पाएनन् ।

खेलको १७औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल फर्कायो । नेदरल्यान्ड्सका रक्षक डेन्जल डुम्फ्रिजले बक्सभित्र फाउल गरेपछि ह्यारी केन आफैले गोल गरेका थिए । केनको पेनाल्टी प्रहारलाई गोलकिपर बर्ट बब्र्रुगेनले सही दिशा दिएपनि रोक्न सकेनन् ।

खेलको ३२औं मिनेटमा फिल फोडेनले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार दोस्रो बारमा लाग्दै बाहिरिदा इङ्ल्यान्ड अग्रता बनाउन चुकेको थियो ।

यसअघि क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले टर्कीलाई २–१ तथा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो