चैत्र १०, २०८२ मंगलबार | १६:५२:४२
दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

ब्राजिलको सहज जित

काठमाडौं । पाराग्वेलाई ४–१ ले हराउँदै ब्राजिल कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान युवा खेलाडी भिनिसियस जुनियर चम्किएपछि ब्राजिलले सहज जित निकालेको हो ।

ब्राजिलको जितमा भिनिसियसले दुई तथा साविओ र लुकास पाक्वेटाले समान एक गोल गरे । जितपछि ब्राजिल समूह ‘डी’ को दोस्रो स्थानमा छ । कोलम्बिया समूहको शीर्ष स्थानमा छ । पराजित कोस्टारिका र पाराग्वे घर फर्किएका छन् ।

कोस्टारिकाविरुद्ध ब्राजिल पराजित भएको अवस्थामा भने घर फर्किने सम्भावना बढी थियो । तर, निर्णायक खेलमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको हो । कोलम्बियाको ६, ब्राजिलको चार, कोष्टारिकाको एक र पाराग्वे अंक बिहिन छ ।

अब, अन्तिम खेलमा ब्राजिल र कोलम्बिया तथा कोष्टारिका र पाराग्वे प्रतिस्पर्धा गर्नेछन् ।

अमेरिकाको एलिजियन्ट मैदानमा खेलको ३१औं मिनेटमा लुकासले पेनाल्टी अवसरलाई खेर फ्यालेका थिए । तर, चार मिनेटपछि नै लुकासकै पासमा भिनिसियसले गोल गरे ।

साभियोले ४३औं मिनेटमा २–० को अग्रता बनाएका हुन् । इन्जुरी समयको पाँचौ मिनेटमा भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।

४८औं मिनेटमा पाराग्वेका ओमार अल्डेरेटले गोल गर्दै अग्रता ३–१ मा झारेका हुन् । तर, पुनः पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लुकासले ब्राजिललाई ४–१ को जित दिलाएका हुन् ।

खेलको ८१औं मिनेटमा पाराग्वेका आन्द्रे कुवासले रातो कार्ड पाएपछि टोली दश खेलाडीमा सिमित बनेको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो