माघ १६, २०८२ शुक्रबार | १७:११:५०
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एन्फामा एकता नहुनु मेरो कमजोरी होः अध्यक्ष नेम्वाङ

फाइल तस्विर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले संस्थामा एकता नहुनुमा आफ्नो कमजोरी रहेको स्वीकारेका छन् ।

फुटबलर्स मिसन टुगेदरले पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेम्वाङले फुटबल विकासका लागि सहकार्य गर्न सबै सरोकारवालालाई आह्वान गरे ।

‘एन्फाले गर्नुपर्ने काम तपाइहरूले गरिरहनु भएको छ । यो संस्थाको एकता देख्दा एन्फामा पनि किन हुदैन भन्ने लाग्छ । एन्फामा एकता नहुनु मेरो कमजोरी हो,’ नेम्वाङले भने, ‘सबैले चाहना राख्यौं भने हामी नेपाली फुटबलको विकास गर्न सक्षम छौं । सबै जना मिलौं । छलफलमा जुटौं । नेपाली फुटबलको विकासमा हातेमालो गरौं । हामीसँग समय छैन । त्यसैले अब ढिलो गर्नु हुँदैन ।’

चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङको अध्यक्षतामा २०७९ असार ६ गते निर्वाचित भएको कार्यसमितिको आधा समय सकिइसकेको छ । नेम्वाङको कार्यकालमा मैदानभित्र खेल हुन नसके पनि मैदानबाहिरको निरन्तर विवादले नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

पछिल्लो दुई वर्षमा ‘ए’ र ‘सी’ डिभिजनको लिग एक पटकमात्र हुन सकेको छ । प्रतियोगिता सकिए पनि दुवै लिगका महत्वपूर्ण विवादहरु अझै कायम छन् । ‘बी’ डिभिजनको लिग दुई वर्षसम्म पनि हुन नसक्दा प्रत्येक वर्ष हुनुपर्ने लिगको साइकल पूरा हुन सकेको छैन ।

महिला फुटबलमा पनि अघिल्लो कार्यसमितिले सुरु गरेको राष्ट्रिय लिग बीचमै रोकेर विजेता घोषणा गरेको एन्फाले यसबीचमा कुनै प्रतियोगिता गर्न सकेको छैन । अघिल्लो महिना महिला लिगको छनोट प्रतियोगिता गरे पनि लिग कहिले हुने एन्फाले अझै टुंगो लगाउन सकेको छैन ।

एन्फाभित्रको विवाद र अनियमितताकै कारण पछिल्लो दुई वर्षमा सयभन्दा बढि राष्ट्रिय स्तरका खेलाडीहरु विदेश पलायन भएका छन् । जसले युवा पुश्तामा नेपाली फुटबलप्रतिको आकर्षण पनि निक्कै कम भएको छ ।

फुटबलर्स मिसन टुगेदरले मंगलबार सन् १९८८ सम्मका करिव १०५ पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीकालाई सम्मान गरेको थियो ।   
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।