चैत्र ८, २०८२ आइतबार | ०३:१६:५३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फामा एकता नहुनु मेरो कमजोरी होः अध्यक्ष नेम्वाङ

फाइल तस्विर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले संस्थामा एकता नहुनुमा आफ्नो कमजोरी रहेको स्वीकारेका छन् ।

फुटबलर्स मिसन टुगेदरले पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेम्वाङले फुटबल विकासका लागि सहकार्य गर्न सबै सरोकारवालालाई आह्वान गरे ।

‘एन्फाले गर्नुपर्ने काम तपाइहरूले गरिरहनु भएको छ । यो संस्थाको एकता देख्दा एन्फामा पनि किन हुदैन भन्ने लाग्छ । एन्फामा एकता नहुनु मेरो कमजोरी हो,’ नेम्वाङले भने, ‘सबैले चाहना राख्यौं भने हामी नेपाली फुटबलको विकास गर्न सक्षम छौं । सबै जना मिलौं । छलफलमा जुटौं । नेपाली फुटबलको विकासमा हातेमालो गरौं । हामीसँग समय छैन । त्यसैले अब ढिलो गर्नु हुँदैन ।’

चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङको अध्यक्षतामा २०७९ असार ६ गते निर्वाचित भएको कार्यसमितिको आधा समय सकिइसकेको छ । नेम्वाङको कार्यकालमा मैदानभित्र खेल हुन नसके पनि मैदानबाहिरको निरन्तर विवादले नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

पछिल्लो दुई वर्षमा ‘ए’ र ‘सी’ डिभिजनको लिग एक पटकमात्र हुन सकेको छ । प्रतियोगिता सकिए पनि दुवै लिगका महत्वपूर्ण विवादहरु अझै कायम छन् । ‘बी’ डिभिजनको लिग दुई वर्षसम्म पनि हुन नसक्दा प्रत्येक वर्ष हुनुपर्ने लिगको साइकल पूरा हुन सकेको छैन ।

महिला फुटबलमा पनि अघिल्लो कार्यसमितिले सुरु गरेको राष्ट्रिय लिग बीचमै रोकेर विजेता घोषणा गरेको एन्फाले यसबीचमा कुनै प्रतियोगिता गर्न सकेको छैन । अघिल्लो महिना महिला लिगको छनोट प्रतियोगिता गरे पनि लिग कहिले हुने एन्फाले अझै टुंगो लगाउन सकेको छैन ।

एन्फाभित्रको विवाद र अनियमितताकै कारण पछिल्लो दुई वर्षमा सयभन्दा बढि राष्ट्रिय स्तरका खेलाडीहरु विदेश पलायन भएका छन् । जसले युवा पुश्तामा नेपाली फुटबलप्रतिको आकर्षण पनि निक्कै कम भएको छ ।

फुटबलर्स मिसन टुगेदरले मंगलबार सन् १९८८ सम्मका करिव १०५ पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीकालाई सम्मान गरेको थियो ।   
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो