चैत्र ६, २०८२ शुक्रबार | १७:०९:४१
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

पहिलो पटक एएफसी च्याम्पियन्स लिग एलिट हुने

काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) ले पहिलो पटक च्याम्पियन्स लिग एलिट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यो एएफसीले आयोजना गर्ने सबैभन्दा ठूलो क्लबस्तरिय प्रतियोगिता हुनेछ । यसअघि एएफसी च्याम्पियदन्स लिग सबैभन्दा ठूलो प्रतिायोगिता थियो ।

आगामी सिजनबाट सुरु हुने प्रतियोगितामा २७ टोलीको सहभागिता रहनेछ । जसमा एएफसीका इस्टर्न र वेस्टर्न  रिजनबाट समान ६ गरी १२ राष्ट्रका क्लब समावेश गरिएको छ ।

वेस्टर्न रिजनबाट साउदी अरेबियाका तीन, कतार र युएईका तीन, इरानका दुई र उज्वेकिस्तानको एक टोलीले खेल्ने निश्चित भइसकेको छ ।  अब इरान र इराकबाट समान एक टोली आउन बाँकी छ ।

यसैगरी इस्टर्न  रिजनबाट जापान, दक्षिण कोरिया र चीनबाट समान तीन, थाइल्यान्डबाट दुई तथा अस्ट्रेलिया र मलेसियाबाट समान एक टोलीको टुङ्गो लागिसकेको छ ।

२७ मध्ये २२ टोलीले मुख्य प्रतियोगितामा स्थानमा बनाइसकेका छन् । बाँकी पाँच टोलीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । जसबाट दुई टोलीले मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।

अगस्ट ६ देखि १३ सम्म हुने प्रारम्भिक चरणमा युएईको शबाब अल अहलीले इरानबाट आउने टोलीको समाना गर्नेछ । यो खेलको विजेता कतारको अल घराफासँग भिड्नेछ ।

यसैगरी चीनको शान्डोङ ताइशान एफसीले थाइल्यान्डको बैंकक युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रारम्भिक चरणमा पराजित हुने टोली एसिसी च्याम्पियन्स लिग-२ मा घटुवा हुनेछन् । 

मुख्य प्रतियोगिता २०२४ सेप्टेम्बर १६ देखि २०२५ फेब्रुअरी १९ सम्म हुनेछ । जसमा वेस्टर्न र इस्टर्न रिजनमा समान १२ टोली हुनेछन् । 

मुख्य प्रतियोगताका लागि ‘ड्र’ अगामी अगस्ट १६ मा हुनेछ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो