चैत्र ८, २०८२ आइतबार | ००:१४:३९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रियाल र इन्टर अन्तिम १६ मा, समूह 'सी ' मा स्पोर्टिङ लिस्बनको सम्भावना बलियो

मड्रिड । करिम बेन्जेको उत्कृष्ट प्रदर्शनमा रियाल मड्रिडले सेरिफमाथि ३-० को सहज जितका साथ च्याम्यिन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

पाँच खेलमा १२ अंक जोडेको रियाल मड्रिड समूह ‘डी’ को शीर्ष स्थानमा छ भने समान खेलमा १०  अंक बटुलेको इन्टर मिलान दोस्रो स्थानमा छ । ६ अंक जोडेको सेरिफ दोस्रो स्थानमा छ भने मात्र एक अंक बटुलेको सख्तर डोनेटस्क अन्तिम स्थानमा छ । 

बेन्जेमालाई बुधबार मात्र फ्रान्सको एक अदालतले सन् २०१५ मा टिम सहयात्री  म्याथ्यु भ्यालबुइनालाई ब्ल्याकमेल गरेको भन्दै एक वर्षको जेल सजाय सुनाएको थियो । 

३०औं मिनेटमा अल्बाको गोलमा रियाल मड्रिडले अग्रता लिएको थियो ।पहिलो हाफको इन्जुरी समयमा टोनी क्रुजले रियालको अग्रता दोब्बर पारे । ५५ औं मिनेटमा बेन्जेमाले रियालको अग्रता बढाएका थिए ।

समूह ‘डी’को अर्कोे खेलमा इन्टरले सख्तर डानेटक्सलाई २-० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

समूह चरणको अन्तिम खेलमा रियाल र इन्टर भिड्दै छन् । यसै खेलले समूह ‘डी’ को विजेताको टुङगो लगाउने छ । 

त्यस्तै समूह ‘सी’ मा स्पोर्टिङ लिस्बनले बोरुसिया डर्टमन्डलाई ३-१ हराउँदै नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ । 

समूह ‘सी’ बाट आयाक्स यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आयक्सको पाँच खेलमा १५ अंक छ भने समान खेलमा समान ९ अंक जोडेको  स्पोर्टिङ लिस्बन  दोस्रो र ६ अंक बटुलेको डर्टमन्ड तेस्रो स्थानमा छ । चौथो स्थानको बेसिक्टासले भने अंक खाता खोल्न सकेको छैन । 

समूह चरणको अन्तिम खेलमा स्पोर्टिङ लिस्बनले आयस्सको समना गर्दा ढर्टमन्डले बेसिक्टासविरुद्ध खेल्नेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो