माघ १८, २०८२ आइतबार | १८:१७:१४
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

बेन्जेमालाई एक वर्षको जेल सजाँय

पेरिस । रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमामाथि म्याथु भ्यालबुइनालाई ब्ल्याकमेल गरेको अभियोगमा दोषी सावित भएपछि एक वर्षको जेल सजाँय तथा ७५ हजार युरो जरिवाना हुने भएको छ ।

तर फ्रान्सको कानुनअनुसार उनले तत्काल जेलमा भने बस्नुपर्ने छैन । अदालतले तोकेको निश्चित समयसिमाभित्र फेरी त्यस्तै अपराध गरेमा भने उनले जेल बस्नुपर्नेछ ।

२०१५ को जुनमा फ्रान्सेली टिमका पूवै सहयात्री भ्याल्बुएनालाई ब्ल्याकमेल गरेको अभियोगमा बेन्जेमासहित पाँच जनामाथि अनुसन्धान चलिरहेको थियो ।

बेन्जेमाले आफू पूर्ण रुपमा निर्दोष भएको दाबी गर्दै आएका थिए । उनका वकिलमध्येका एक एन्टोनी भेले बुधबार अदालतबाट आएको निर्णयले आफूलाई आश्चर्यमा पारेको बताए । उनले अदालतको निर्णयविरुद्ध अपिल गर्ने पनि जानकारी गराए ।

बुधबार राती च्याम्पियन्स लिग समूह चरणअन्तर्गत शेरिफविरुद्धको खेलका लागि तयारी गरिरहेका रियालका फरवार्ड बेन्जेमा अदालतमा उपस्थित थिएनन् ।

यसैगरी हाल ग्रिक टोली ओलम्पियाकोसबाट व्यावसायिक फुटबल खेलिरहेका भ्याल्बुएना पनि बुधबार अदालतमा उपस्थित थिएनन् ।

बेन्जेमामाथि भ्याल्बुएनाको मोबाइल फोनमा रहेको यौनजन्य क्रियाकपालको गोप्य भिडियोमार्फत उनलाई ब्ल्याकमेल गर्न अन्य चार जनालाई सहयोग पुर्याएको आरोप छ ।

दोषी सावित भएका अन्य चारजनालाई पनि जेल सजाँय तोकिएको छ । एक्सेल एंगोटलाई दुई वर्षको जेल, मुस्तफा जोउइलाई साडे दुई वर्ष, करिम जेनाटीलाई १५ महिना तथा योनेस हौआसलाई १८ महिनाको जेल सजाँय तोकिएको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।