चैत्र १२, २०८२ बिहीबार | २०:११:३३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बेन्जेमालाई एक वर्षको जेल सजाँय

पेरिस । रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमामाथि म्याथु भ्यालबुइनालाई ब्ल्याकमेल गरेको अभियोगमा दोषी सावित भएपछि एक वर्षको जेल सजाँय तथा ७५ हजार युरो जरिवाना हुने भएको छ ।

तर फ्रान्सको कानुनअनुसार उनले तत्काल जेलमा भने बस्नुपर्ने छैन । अदालतले तोकेको निश्चित समयसिमाभित्र फेरी त्यस्तै अपराध गरेमा भने उनले जेल बस्नुपर्नेछ ।

२०१५ को जुनमा फ्रान्सेली टिमका पूवै सहयात्री भ्याल्बुएनालाई ब्ल्याकमेल गरेको अभियोगमा बेन्जेमासहित पाँच जनामाथि अनुसन्धान चलिरहेको थियो ।

बेन्जेमाले आफू पूर्ण रुपमा निर्दोष भएको दाबी गर्दै आएका थिए । उनका वकिलमध्येका एक एन्टोनी भेले बुधबार अदालतबाट आएको निर्णयले आफूलाई आश्चर्यमा पारेको बताए । उनले अदालतको निर्णयविरुद्ध अपिल गर्ने पनि जानकारी गराए ।

बुधबार राती च्याम्पियन्स लिग समूह चरणअन्तर्गत शेरिफविरुद्धको खेलका लागि तयारी गरिरहेका रियालका फरवार्ड बेन्जेमा अदालतमा उपस्थित थिएनन् ।

यसैगरी हाल ग्रिक टोली ओलम्पियाकोसबाट व्यावसायिक फुटबल खेलिरहेका भ्याल्बुएना पनि बुधबार अदालतमा उपस्थित थिएनन् ।

बेन्जेमामाथि भ्याल्बुएनाको मोबाइल फोनमा रहेको यौनजन्य क्रियाकपालको गोप्य भिडियोमार्फत उनलाई ब्ल्याकमेल गर्न अन्य चार जनालाई सहयोग पुर्याएको आरोप छ ।

दोषी सावित भएका अन्य चारजनालाई पनि जेल सजाँय तोकिएको छ । एक्सेल एंगोटलाई दुई वर्षको जेल, मुस्तफा जोउइलाई साडे दुई वर्ष, करिम जेनाटीलाई १५ महिना तथा योनेस हौआसलाई १८ महिनाको जेल सजाँय तोकिएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो