इलाम । देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्लबले इलाम जिल्ला लिगमा सोमबार विजयी सुरुआत गरेका छन् ।
ठुलो टुडिखेलमा भएको प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्लबमाथि ३-१ को जित निकाल्यो । देउरालीलाई जित दिलाउन विनोद धमलाले दुई र सुमन धमलाले एक गोल गरे । जस्बिरेका मन मगरले एक गोल फर्काए ।
यसैगरी दोश्रो खेलमा रेडहर्सले क्लब ओएसिसलाई ४-२ ले हरायो । रेडअर्सका लागि साङ्गे शेर्पाले दुई तथा पाल्देन तामाङ र दीपेश राईले समान एक गोल गरे । ओएसिसका लागि दुवै गोल निग्मा गुरुङले गरे ।
प्रतियोगितामा मंगलबार माईभ्याली फुटबल क्लब र हेलिबोध एफसी भिड्ने छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
