चैत्र १८, २०८२ बुधबार | १३:५०:३५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

अञ्जनलाई चाइनिज स्पोर्ट्स कम्पनीको साथ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोशाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ ।

शनिबार नेपालको लागि स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता तीन बर्षको हुनेछ ।

कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोशाक उपलब्ध गराउने छ । आर्थिकको विषय भने दुबै तर्फबाट गोप्य राखिएको छ ।

सिइओ कार्कीले पहिलो पटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए । ‘हामीले पहिलो पटक फुटबलमा सहकार्य गरेका छौं । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो,’ कार्कीले भने ।

कम्पनीले नेपालमा फुटसल, बास्केटलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस पइन्ट कप आयोजना गरिरहेको छ ।

सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए । उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करियर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्याउनेछ ।’

सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गरेका छन् । दशरथ रंगशालामा भएको लाओसविरुद्ध गोलसँगै उनले कीर्तिमान बराबर गरेका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो