काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा मनिष तिमल्सिनालाई नियुक्त गरेको हो । एन्फा महासचिव किरण राईले दुबैलाई नियुक्ती पत्र हस्तान्तरण गरे ।
यसअघि सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल थिए ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका घिमिरेले महिला फुटबल टोलीको सहायक प्रशिक्षक रहेर काम गरिसकेका छन् ।
नेपालले जेठ २० गते युएईसँग साउदी अरेबियामा खेल्दैछ । त्यसको पाँच दिनपछि नै यमनसँग खेल्ने तालिका छ । यद्यपि समूह ‘एच’मा रहेको नेपाल चार खेलमा पराजित हुँदै फिफा विश्वकप २०२६ बाट बाहिरिसकेको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
