चैत्र १८, २०८२ बुधबार | १४:१८:११
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

बराबरीमा रोकिए आरसी ३२ र सामाजिक युवा

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार १० खेलाडीमा समेटिएको आरसी ३२ फुटबल एकेडेमीले सामाजिक युवा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।

सातदोबाटोस्थित एन्फा  मुख्यालयकाे मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

याे बराबरीसँगै आरसी ३२ चार खेलमा तीन जित र एक बराबरीको नतिजासहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सामाजिक पनि चार खेलमा समान दुई जित र बराबरीसहित दुई अंकका साथ १३औं स्थानमा उक्लिएको छ ।

धिरज विष्टले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि आरसी ३२ ३५औं मिनेटमा १० खेलाडीमा समेटियो ।

ओसन राईको फ्रिकिक बार नजिकैबाट बाहिरिँदा ६३औं मिनेटमा सामाजिकले अग्रता लिने अवसर गुमायो । सामाजिकका युगेश श्रेष्ठले ७६औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई आरसी ३२ का गोलकिपर मौसम लुङ्गेली मगरले सहजै बचाए ।

आरसी ३२ का कप्तान रोहन कार्कीको हेडरलाई उत्कृष्ट बचाउ गर्दै  गोलकिपर गोपी बर्तौलाले ८३औं मिनेटमा सामाजिककाे संकट टारे । 

सोमबार नै सम्पन्न अर्को खेलमा बागमती युवा क्लब र स्वयम्भू क्लब १-१ को बराबरीमा रोकिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो