चैत्र १८, २०८२ बुधबार | १३:१३:३९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पिएसजी फ्रेन्च लिग वानको उपाधि नजिक

काठमाडौं । लियोनलाई ४–१ ले हराउँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ ।

पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन गोन्कालो रामोसले दुई गोल गरेका थिए । रामोसले पिएसजीबाट १३ खेल खेल्दा १० गोल गरिसकेका छन् ।

लुकास बेराल्डोले एक गोल थपे । नेमान्जा माटिकले आत्माघाति गोल गरेका हुन् । लियोनको लागि एर्नेष्ट नुअमाहले गोल गरेका थिए ।

यसैसाता हुने लिल र मोनाकोबीचको खेलपछि उपाधि टुंगो लाग्नेछ ।

यो जितपछि पिएसजीले ११ अंकको अग्रता बनाएको छ । पिएसजी २९ खेलबाट ६६ अंकसहित शीर्ष स्थानमा  छ । मोनाकोको समान खेलबाट ५५ अंक छ ।

लुइस इन्रिकेको टोली अब उपाधिबाट धेरै टाढा छैन । लिलविरुद्ध हुने खेलमा मोनाको पराजित भए पिएसजी च्याम्पियन हुनेछ । पिएसजीले पछिल्लो १२ सिजनमा दश पटक उपाधि जितिसकेको छ ।

प्रशिक्षक लुइसले लियोनविरुद्ध कप्तान केलियन एम्बाप्पे र औसमाने डेम्बेलेलाई विश्राम दिएका थिए । पिएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो