चैत्र १८, २०८२ बुधबार | १३:३४:४१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

यु-१३ छनोट कार्यक्रममा उत्साह जनक सहभागिता

नेपालगन्ज ।  बाँके जिल्ला फुटबल संघले गरेको यु-१३ छात्र/छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक सहभागिता देखिएको छ ।

 संघले शनिबार नेपालगन्ज रंगशालामा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागी खेलाडीको संख्या धेरै भएपछि छनोट कार्यक्रम लम्बाएर आइतबार पनि गर्ने  संघका अध्यक्ष भोजराज शाहीले बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को युवा विकास परियोजना २०८१ का लागि छनोट कार्यक्रम गरिएको हो । 

यस परियोजनामार्फत  जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा संचालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । 

छनोटमा २१५ जनाको सहभागिता रहेको अध्यक्ष शाहीले बताए। त्यसमा १८५ छात्र र ३० छात्रा छन् । पहिलो चरणको छनोटमा ८९ जना छात्र र  नौं जना छात्रा छानिएको संघले जानकारी गराएको छ ।

 आइतबार अन्तिम चरणको छनोट हुनेछ । यसबाट छानिएका खेलाडीहरुलाई प्रदेश स्तरको छनोटमा समावेश गराइनेछ ।

‘फुटबलमा बालबालिकाको क्रेज निकै राम्रो छ । यति धेरै सहभागिता हुन्छ भन्ने हामीले सोचेको थिएनौं । अभिभावकहरुले आफना बालबालिकालाई फुटबल खेलाउन निकै चासो दिनु भएको छ,’ अध्यक्ष शाहीले भने,‘यसले भविष्यमा हाम्रो फुटबलको स्तर र राम्रा खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो