चैत्र ५, २०८२ बिहीबार | २२:२३:३६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु भएको छ ।  

चैत ९ गतेसम्म संचालन हुने कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता छ ।

नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिपजंग शाहले संयुक्तरुपमा कोर्षको सुभारम्भ गरे ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवं नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, एन्फाका पुर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी दिपबहादुर महतारा, निजामुद्दिन सिद्दिकी(मुन्ना) लगायतको उपस्थिती रहेको थियो ।

कोर्षमा सहभागीलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवं नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिनेछन्  ।

 नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्टले खेलाडीलाई संरक्षण र सम्मान गर्ने वातावरण निर्माण गरिनु पर्ने बताए । 

‘खेलकुदका पुर्वाधार निर्माणमा राज्यले करोडौं रुपैयाँ लगानी गरेको छ । तर प्रयोग गर्न नपाएको गुनासो आइरहेको छ । खेलाडी उत्पादन गर्न राज्यले लगानी पर्छ । तर हामीले शोषण गरिरहेका छौं । खेलाडीहरुले जुत्ता लगाएर होइन चप्पल लगाएर खेल्नु पर्ने अवस्था छ’, मेयर विष्टले भने, ‘यसलाई बुझेर नेपालगन्जले राष्ट्रिय मात्र होइन स्थानीय खेलाडीलाई सहयोग गर्ने वातावरण निर्माण गरिरहेका छौं ।’

यसैगरी मेय मेयर  विष्टले नेपालगन्ज उप-महानगरपालिकाले छिटै खेलकुद विकास समिति निर्माण गरेर अगाडी बढ्ने बताए ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं एन्फा सदस्य भोजराज शाहीले नेपालगन्जमा सुरु भएको एन्फा कम्युनिटी कोचिङ कोर्षले सामुदायिक स्तरबाट फुटबल खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।  ।

‘खेलाडीहरुमा नयाँ उत्साह र आर्कर्षित गर्न जरुरी छ । तालिम लिने प्रशिक्षकहरुको लागि यो ठुलो जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको छ । यो राम्रो अवसर पनि हो,’ शाहीले भने,‘सबै खेलाडी कोच बन्न सक्दैन । हामीले पुर्व कप्तान हरी खड्का र संजित सिंह जस्तो दक्ष प्रशिक्षक पाएका छौं । यो गर्वको कुरा हो । यसलाई प्रशिक्षकले सदुपयोग गर्न सक्नु पर्छ ।’

एन्फाले ५ वर्ष अघि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भैरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिइरहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो