माघ १७, २०८२ शनिबार | ००:५७:१६
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु भएको छ ।  

चैत ९ गतेसम्म संचालन हुने कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता छ ।

नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिपजंग शाहले संयुक्तरुपमा कोर्षको सुभारम्भ गरे ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवं नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, एन्फाका पुर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी दिपबहादुर महतारा, निजामुद्दिन सिद्दिकी(मुन्ना) लगायतको उपस्थिती रहेको थियो ।

कोर्षमा सहभागीलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवं नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिनेछन्  ।

 नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्टले खेलाडीलाई संरक्षण र सम्मान गर्ने वातावरण निर्माण गरिनु पर्ने बताए । 

‘खेलकुदका पुर्वाधार निर्माणमा राज्यले करोडौं रुपैयाँ लगानी गरेको छ । तर प्रयोग गर्न नपाएको गुनासो आइरहेको छ । खेलाडी उत्पादन गर्न राज्यले लगानी पर्छ । तर हामीले शोषण गरिरहेका छौं । खेलाडीहरुले जुत्ता लगाएर होइन चप्पल लगाएर खेल्नु पर्ने अवस्था छ’, मेयर विष्टले भने, ‘यसलाई बुझेर नेपालगन्जले राष्ट्रिय मात्र होइन स्थानीय खेलाडीलाई सहयोग गर्ने वातावरण निर्माण गरिरहेका छौं ।’

यसैगरी मेय मेयर  विष्टले नेपालगन्ज उप-महानगरपालिकाले छिटै खेलकुद विकास समिति निर्माण गरेर अगाडी बढ्ने बताए ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं एन्फा सदस्य भोजराज शाहीले नेपालगन्जमा सुरु भएको एन्फा कम्युनिटी कोचिङ कोर्षले सामुदायिक स्तरबाट फुटबल खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।  ।

‘खेलाडीहरुमा नयाँ उत्साह र आर्कर्षित गर्न जरुरी छ । तालिम लिने प्रशिक्षकहरुको लागि यो ठुलो जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको छ । यो राम्रो अवसर पनि हो,’ शाहीले भने,‘सबै खेलाडी कोच बन्न सक्दैन । हामीले पुर्व कप्तान हरी खड्का र संजित सिंह जस्तो दक्ष प्रशिक्षक पाएका छौं । यो गर्वको कुरा हो । यसलाई प्रशिक्षकले सदुपयोग गर्न सक्नु पर्छ ।’

एन्फाले ५ वर्ष अघि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भैरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिइरहेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।