चैत्र ६, २०८२ शुक्रबार | ००:३२:३६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

चर्च ब्वाइज र अस्ट्रेलियाको रोयल वेस्टर्नस क्लबबीच सम्झौता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन एपी पावर चर्च ब्वाइज युनाइटेड एफसी र अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्ने नेपालीले सञ्चालन गरेको रोयल वेस्टर्नस क्लबबीच सम्झौता भएको छ ।

दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्झौता पत्रममा चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र रोयल वेस्टर्नस क्लबका अध्यक्ष रोशन दाहालले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका ब्यवस्थापक उत्म भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

प्रमुख अतिथि भण्डारीले यो सम्झौताले नेपाली फुटबल विकासको अभियानमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास लिएको बताए ।

‘नेपालको लिग च्याम्पियन र अस्ट्रेलियामा नेपाली समुदायबीचको अग्रणी क्लबबीच भएको यो सहकार्यले आगामी दिनमा नेपालबाट प्रतिभा पलायनको समस्यामा निकास दिन सहयोगी भूमिका निर्वाह गर्ने तथा नेपाली फुटबल विकासको अभियानमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास लिएको छु,’ भण्डारीले भने ।

यो सम्झौतापछि चर्च ब्वाइजले प्रतिभावान नेपाली खेलाडीलाई रोयल वेस्टर्नस क्लबमार्फत अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्ने तथा विशेष प्रशिक्षण गर्ने अवसर प्रदान गर्नेछ । तर यसरी अस्ट्रेलियामा खेल्ने तथा प्रशिक्षणको अवसर पाउने खेलाडी नेपाल फर्किने ग्यारेन्टी गरिनेछ ।

यसैगरी रोयल वेस्टर्नसले अस्ट्रेलियामा रहेका नेपाली मुलका प्रतिभावान युवा खेलाडीलाई चर्च ब्वाइजसँगको सहकार्यमा नेपालमा खेल्ने वातावरण सिर्जना गर्नेछ ।

यो सम्झौता दुई वर्षका लागि हुनेछ । चर्च ब्वाइजका अध्यक्ष टंकलाल राईले यो सम्झोतापछि सहकार्यका लागि निक्कै उत्साहित रहेको बताए ।

‘हामी अस्ट्रेलियाको रोयल वेस्टर्नस क्लबसँग सहकार्य गर्न उत्साहित छौं । यो सहकार्य नेपाली फुटबलको विकासमा यो कोसेढुङ्गा सावित हुनेछ । हाम्रा खेलाडीले अस्ट्रेलियामा खेल्ने र त्यहाँको सुविधामा प्रशिक्षण गर्ने अवसर पाउनेछन् । खेलाडी पलायनको समस्याबाटमुक्तीका लागि केही न केही फाइदा पुग्छ ।श्रमिकको रूपमा नभइ खेलाडीकै रुपमा विदेश गएर देश फर्कियोस भन्ने हाम्रो प्रयास हो,’ अध्यक्ष राईले भने,‘ क्लबसँग लामो सम्झौता भएक खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने छौं ।’

यसैगरी रोयल वेस्टर्नस क्लबका अध्यक्ष रोशन दाहालले नेपालको प्रतिभा पलयानको क्षतिपुर्ति गर्ने र खेल्न विदेश गएका खेलाडी फर्किने वातावरण मिलाउने उदेश्यले सम्झौता गरिएको बताए ।

‘हामी पनि निक्कै उत्साहित छौ । हाम्रो उदेश्य फुटबलमार्फत सामाजिक सेवा गरौं भन्ने हो । नेपालको प्रतिभा पलायनको क्षतिपुर्ति गर्ने, विदेश खेल्न गएका खेलाडी फर्किने वातावरण बनाउने सोच छ । यो अस्ट्रेलियामा रहेका नेपाली मुलका खेलाडीलाई नेपालबाट खेल्ने वातावरण मिलाउने अभियान हो । हामी केही गरेरै देखाउने छौं,’ अध्यक्ष दाहालले भने ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो