पुस २७, २०८२ सोमबार | १६:१८:२५
प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस

यस्ता छन् असन्तुष्ट पक्षले एन्फा साधारणसभाको विषय सुचिमा असहमति जनाउनुको कारण

एन्फा साधारणसभाको उद्घाटन सत्र

काठमाडौं। कार्यसमितिका बहुमत १० पदाधिकारीले एन्फा साधारणसभा बहिस्कार गर्नुकाे कारण खुलाएका छन् । उनीहरुले प्रेस विज्ञप्तिमार्फत आफूहरुले साधारणसभाको एजेन्डामा अहसमति जनाउनुको कारण बताएका हुन् । 

एन्फा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष तथा सात सदस्यले कार्यसमिति बैठकबाट पास नभएका एजेन्डा फिर्ता नलिएका कारण उदघाटन सत्र पनि बहिस्कार गरेका थिए ।  ।

आइतबार कार्यसमितिका १० सदस्यले पास नगरिएका एजेन्डा फिर्ता लिन अनुरोध गरेका थिए ।

साधारणसभामा प्रस्तुत गर्ने विषय सुचि तय गर्न यही फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषय सुचिहरु थपिएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) सहित कार्यसमितिका १० सदस्यले विरोध जनाएका हुन् ।

यसरी विरोध जनाउनेमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसीसहित सदस्यहरु रमेश ब्यन्जनकार, अनिल मल्ल ठकुरी, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी र पेमा डोल्मा लामा छन् ।

यस्ता छन् असन्तुष्टि पक्षले साधारणसभाको विषय सूचिमा असहमती जनाउनुको कारण

१.बुदा नम्बर (ञ)
ञ (अ) आ.व २०७९/ ०८० को लेखा परिक्षण प्रतिवदेन ।

यस सम्बन्धमा कार्यसमिति छलफल भएको तर यसमा रहेका सम्पूर्ण कैफियतहरुको निराकरण नभए सम्म पास नगर्ने भनिएकोमा यसलाई सोही रुपमा पेश गरिएकोमा हाम्रो गम्भिर आपति रहेको छ।

१.१ चाइना केल्मी कम्पनिसँग रु ५१ लाख १४ हजार ८७० हजार रकम लिनु पर्ने हुँदा हुदै कालोसुचीमा राख्खु पर्ने ठाउमा रु.६६ लाख रकम भुक्तानि गरिसकिएको र सो रकम मा कुनै पनि छुट नलिइ किन कम्तिमा ३० प्रतिशत रकम सोझो भ्रष्टचार गरिएकोश ?

१.२ कुनै पनि प्रतियोगिताको आम्दानी खर्चको अनुसुची सहित सम्पूर्ण विविरण पेश नगरिएको। कार्य समितिका बहुमत सदस्यले पटक पटक माग गर्दा पनि उपलब्ध नगराइएको।

१.३ आ.व.७९/८० को कुनै पनि करको रकम हरु कर कार्यालयमा जम्मा नगरिएको। जम्मा  टिडियस पेबल ८८ लाख भन्दा बढी रहेको र सो को १५ प्रतिशत व्याज र हर्जना समेत तिर्ने जिम्मेवारी कसले लिने हो?

१.४ सोभेनिएर सप, जिम हल र फिटनेस सेन्टरको सम्पुर्ण काम नसकी पैसा पुरा भुक्तानि गरिएको साथै भेरिएसनको कुनै पनि कागजात विना थप रकम समेत भुक्तानि भएको।

१.५ आ.व. ०७६/७७ देखि कर चुक्ता नभएको र कुनै कारोवार नभएको सत्य शक्ति प्रिन्ट बाट बारम्बार भुक्तानी गरिएको । १।६ नि नेशन कपको लागी राष्ट्रिय टिमलाई मनाङ होटलमा राखे क्रममा भोजघरको कोटशेन लिएर राखिएको।

१.७ बैंक खाता हिसाब मिलान प्रत्येक महिना गर्नुपर्ने भएता पनि वार्षिक रुपमा एक पटक मात्र गर्ने गरिएको।

२. बुदा नम्बर ठ (अ) 

संघको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताव (तिन महले सहित)

यस सम्बन्धमा कार्य समिति बैठकमा आर्थिक समिति गठन पश्चात सो समितिले दिएको सुझावको आधारमा कार्य समितिमा छलफल गर्ने सहमति भएको तर कुनै छलफल र सहमति विना सम्पुर्ण आर्थीक अधिकार महासचिव र कोषाध्यक्षमा निहित हुने गरी पेश गरिएको जानकारी गराउँदछौं। यसले अझ आर्थिक अनियमितता बढाउने हाम्रो ठहर रहेको छ। आर्थिक विषयको नितिगत नियन्त्रण कार्यसमितिमा निहित हुनुपर्छ भन्ने हाम्रो माग छ।

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||