चैत्र ४, २०८२ बुधबार | २२:०५:४३
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

यस्ता छन् असन्तुष्ट पक्षले एन्फा साधारणसभाको विषय सुचिमा असहमति जनाउनुको कारण

एन्फा साधारणसभाको उद्घाटन सत्र

काठमाडौं। कार्यसमितिका बहुमत १० पदाधिकारीले एन्फा साधारणसभा बहिस्कार गर्नुकाे कारण खुलाएका छन् । उनीहरुले प्रेस विज्ञप्तिमार्फत आफूहरुले साधारणसभाको एजेन्डामा अहसमति जनाउनुको कारण बताएका हुन् । 

एन्फा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष तथा सात सदस्यले कार्यसमिति बैठकबाट पास नभएका एजेन्डा फिर्ता नलिएका कारण उदघाटन सत्र पनि बहिस्कार गरेका थिए ।  ।

आइतबार कार्यसमितिका १० सदस्यले पास नगरिएका एजेन्डा फिर्ता लिन अनुरोध गरेका थिए ।

साधारणसभामा प्रस्तुत गर्ने विषय सुचि तय गर्न यही फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषय सुचिहरु थपिएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) सहित कार्यसमितिका १० सदस्यले विरोध जनाएका हुन् ।

यसरी विरोध जनाउनेमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसीसहित सदस्यहरु रमेश ब्यन्जनकार, अनिल मल्ल ठकुरी, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी र पेमा डोल्मा लामा छन् ।

यस्ता छन् असन्तुष्टि पक्षले साधारणसभाको विषय सूचिमा असहमती जनाउनुको कारण

१.बुदा नम्बर (ञ)
ञ (अ) आ.व २०७९/ ०८० को लेखा परिक्षण प्रतिवदेन ।

यस सम्बन्धमा कार्यसमिति छलफल भएको तर यसमा रहेका सम्पूर्ण कैफियतहरुको निराकरण नभए सम्म पास नगर्ने भनिएकोमा यसलाई सोही रुपमा पेश गरिएकोमा हाम्रो गम्भिर आपति रहेको छ।

१.१ चाइना केल्मी कम्पनिसँग रु ५१ लाख १४ हजार ८७० हजार रकम लिनु पर्ने हुँदा हुदै कालोसुचीमा राख्खु पर्ने ठाउमा रु.६६ लाख रकम भुक्तानि गरिसकिएको र सो रकम मा कुनै पनि छुट नलिइ किन कम्तिमा ३० प्रतिशत रकम सोझो भ्रष्टचार गरिएकोश ?

१.२ कुनै पनि प्रतियोगिताको आम्दानी खर्चको अनुसुची सहित सम्पूर्ण विविरण पेश नगरिएको। कार्य समितिका बहुमत सदस्यले पटक पटक माग गर्दा पनि उपलब्ध नगराइएको।

१.३ आ.व.७९/८० को कुनै पनि करको रकम हरु कर कार्यालयमा जम्मा नगरिएको। जम्मा  टिडियस पेबल ८८ लाख भन्दा बढी रहेको र सो को १५ प्रतिशत व्याज र हर्जना समेत तिर्ने जिम्मेवारी कसले लिने हो?

१.४ सोभेनिएर सप, जिम हल र फिटनेस सेन्टरको सम्पुर्ण काम नसकी पैसा पुरा भुक्तानि गरिएको साथै भेरिएसनको कुनै पनि कागजात विना थप रकम समेत भुक्तानि भएको।

१.५ आ.व. ०७६/७७ देखि कर चुक्ता नभएको र कुनै कारोवार नभएको सत्य शक्ति प्रिन्ट बाट बारम्बार भुक्तानी गरिएको । १।६ नि नेशन कपको लागी राष्ट्रिय टिमलाई मनाङ होटलमा राखे क्रममा भोजघरको कोटशेन लिएर राखिएको।

१.७ बैंक खाता हिसाब मिलान प्रत्येक महिना गर्नुपर्ने भएता पनि वार्षिक रुपमा एक पटक मात्र गर्ने गरिएको।

२. बुदा नम्बर ठ (अ) 

संघको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताव (तिन महले सहित)

यस सम्बन्धमा कार्य समिति बैठकमा आर्थिक समिति गठन पश्चात सो समितिले दिएको सुझावको आधारमा कार्य समितिमा छलफल गर्ने सहमति भएको तर कुनै छलफल र सहमति विना सम्पुर्ण आर्थीक अधिकार महासचिव र कोषाध्यक्षमा निहित हुने गरी पेश गरिएको जानकारी गराउँदछौं। यसले अझ आर्थिक अनियमितता बढाउने हाम्रो ठहर रहेको छ। आर्थिक विषयको नितिगत नियन्त्रण कार्यसमितिमा निहित हुनुपर्छ भन्ने हाम्रो माग छ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं