चैत्र ३, २०८२ मंगलबार | १३:२१:३७
अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन

एन्फा कार्यसमिति बैठक आज पनि स्थगित

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक शुक्रबार पनि स्थगित भएको छ। बैठको एजेन्डा नम्बर दुई संघको आर्थिक वर्ष २०८०/८१ को वार्षीक बजेट बारेमा असहमती भएपछि बैठक स्थगित भएको हो ।

‘बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । एजेन्डा नम्बर दुईमा विवाद भएपछि बैठक राेकिएकाे छ,’ केन्द्रिय सदस्य अनिल मल्लले भने,‘हिजो पनि यही विषयमा अड्किएका थियौं । आज पनि केही बेरको छलफपछि कुरा अगाडि बढेन । अब साँझ परिसकेकाले बैठक अगाडि बढाउन सम्भव छैन ।’

मल्ले आफूहरुले फुटबलसँग प्रत्यक्ष सरोकार राख्ने सबैसँग छलफल गरेर मात्र बजेट निमार्ण गर्नुपर्ने माग राखेकाे बताए ।

‘हाम्रो मुख्य माग भनेको बजेट विकेन्द्रिकरण हुनु पर्यो भन्ने हो । फुटबलसँग प्रत्यक सरोकार राख्ने, जिल्ला/ प्रादेशीक फुटबल संघ, रेफ्री, क्लब, वर्तमान तथा पुर्व खेलाडीलगायतसँगको प्रत्यक्ष छलफलपछि मात्र वार्षीक बजेट तयार पार्नु पर्छ भन्ने हाम्रो माग हो,‘ एन्फा केन्द्रिय मल्लले थपे,‘ तर अध्यक्ष ज्युहरु अहिले जस्तो चलिरहेको छ त्यस्तै मात्र होस् भन्ने चाहनु हुन्छ । हामी फुटबललाई नयाँ ढङ्गबाट अगाडि बढाउने पक्षमा छौं । त्यसैतले केन्द्रबाट एकलौटी ढुङ्गले तयार पारिएको बजेटमा पारित गर्ने निर्णयमा हस्ताक्षर नगरेका हौं । हामी पनि एन्फा साधारण सभा होस् भन्ने चहान्छौं । तर संघको बजेट वैज्ञानिक तथा समय सुहाउँदा हुनुपर्यो ।’

गत वर्ष असारमा प्रचण्ड बहुमतका साथ पंकजविक्रम नेम्वाङको अध्यक्षतामा पूरा प्यानल नै निर्वाचित भए पनि एन्फा कार्यसमिति चुनावलगत्तै आपसी विवादमा रुमल्लिएको थियो । त्यसयता विना विवाद एउटै बैठक सञ्चालन गर्न नसकेको एन्फाको बिहिबार बिहानलाई तय भएको बैठक पनि बहुमत सदस्यको विरोधका कारण बस्न सकेकाे थिएन ।

अध्यक्ष नेम्वाङका मुख्य सहयोगीका रुपमा रहँदै आएका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको अपराधमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् । २१ सदस्यीय कार्यसमितिमा लामा सम्पर्कविहिन भएपछि बाँकी २० मध्ये ११ जनाले बिहीबार बैठकको उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि कोरम नपुगेर बिहिबार बैठक स्थिगित भएको थियो ।

बिहिबारको बैठक स्थिगित भएपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले शुक्रबारलाई अर्को बैठक बोलाएका थिए । तर बैठक आज पनि पूर्ण हुन सकेन । 

एन्फा सचिवालयले प्रस्तुत गरेका एजेन्डामात्र समावेश गरेर अध्यक्ष नेम्वाङले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि विवाद सुरु भएको थियो । बैठकको निमन्त्रणा प्राप्त भएपछि एन्फाका कार्यसमिति सदस्यद्धय रविन्द्रबहादुर चन्द र पेमा डोल्मा लामाले एजेन्डा थप गर्ने माग राखेका थिए ।

दुई सदस्यले विधानअनुसार माग गरेका एजेन्डा थप नगरेसम्म उपस्थितीमा हस्ताक्षर नगर्ने भन्दै बहुमत ११ सदस्यले विरोध जनाएपछि बैठकको कोरम पुगेको थिएन । पछि अध्यक्ष नेम्वाङले चन्द र लामाको मागअनुसार सबै एजेन्डा थप गर्न सहमती जनाएपछि शुक्रबार बैठक बस्ने तय भएकाे थियाे । 

बिहीबार बैठकका लागि उपस्थित भएर पनि पदाधिकारीले माग गरेका एजेन्डा समावेश नगरेका कारण हस्ताक्षर नगर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार), कार्यसमिति सदस्यहररु अनिल मल्ल, रविन्द्रबहादुर चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश ब्यन्जनकार र पेमा डोल्मा लामा छन् । यसैगरी पछिल्ला बैठकहरुमा अध्यक्ष नेम्वाङको पक्षमा रहँदै आएका मणीराज विष्ट र मनिष जोशी पनि यसपाली विपक्षमा उभिएका छन् ।

अल्पमतमा परेका अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दीपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, भरत बुढ थापा, विकास श्रेष्ठ, दीपेन्द्र धिमाल, टिका लामा र सरिला श्रेष्ठ थिए ।

फागुन १४ गतेको साधारणसभाको तयारीका लागि यो बैठक बोलाइएको हो । यसले साधारणसभामा पेश गर्ने वार्षिक बजेट तथा कार्यक्रम तय गर्नेछ ।

 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने