चैत्र १२, २०८२ बिहीबार | १९:०२:३३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

वाफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं । अखिल नेपला फुटबल संघ (एन्फा) ले वाफ महिला च्याम्पियनसिप २०२४ मा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको छन् ।

टोलीलाई शुक्रबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

प्रशिक्षक तामाङले रक्षक सविना चौधरी तथा मिडफिल्डर सरस्वती हमाल र चन्द्र भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएका छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपाल प्यालेस्टाइन, सिरीया र इराक छन् । यसैगरी आठ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक साउदी अरेबिया, ग्वाम, लेबनन र जोर्डन समूह ‘ए’ मा परेका छन् ।

नेपालले फेब्रुअरी २० मा सिरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालको सामना इराकसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गल्फ राष्ट्रहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले यसपाली आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह चरणका खेलहरु जेडाह सहरस्थित किङ अब्दुल्ला स्पोर्टस सिटी रंगशालामा हुनेछन् । सेमिफाइनल र फाइनल भने प्रिन्स अब्दुल्ला अल फैसल स्पोर्टस सिटीमा हुनेछन् ।

टोलीको सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर छन् । त्यस्तै एन्फाले व्यवस्थापकमा ब्रिन्दा दीवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिएको छ ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर ,उषा नाथ,

रक्षकः अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी,

मिडफिल्डरः अमिषा कार्की, अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्र भण्डारी

फरवार्डः सविता रानामगर, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, रेखा पौडेल

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो