माघ १, २०८२ बिहीबार | २०:३१:३७
सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै

एन्फा कार्यसमितिभित्र अध्यक्ष नेम्वाङ अल्पमतमा, कोरम नपुगेर बैठक स्थगित

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कोरम नपुगेका कारण स्थगित भएको छ ।

गत वर्ष असारमा प्रचण्ड बहुमतका साथ पंकजविक्रम नेम्वाङको अध्यक्षतामा पूरा प्यानल नै निर्वाचित भए पनि एन्फा कार्यसमिति चुनावलगत्तै आपसी विवादमा रुमल्लिएको थियो । त्यसयता विना विवाद एउटै बैठक सञ्चालन गर्न नसकेको एन्फाको आज बिहानलाई तय भएको बैठक पनि बहुमत सदस्यको विराेधका कारण बस्न सकेन ।

अध्यक्ष नेम्वाङका मुख्य सहयोगीका रुपमा रहँदै आएका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको अपराधमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् । २१ सदस्यीय कार्यसमितिमा लामा सम्पर्कविहिन भएपछि बाँकी २० मध्ये ११ जनाले बिहीबार बैठकको उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि कोरम नपुगेर बैठक चल्न सकेन ।

एन्फा सचिवालयले प्रस्तुत गरेका एजेन्डामात्र समावेश गरेर अध्यक्ष नेम्वाङले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि विवाद सुरु भएको थियो । बैठकको निमन्त्रणा प्राप्त भएपछि एन्फाका कार्यसमिति सदस्यद्धय रविन्द्रबहाद्ुर चन्द र पेमा डोल्मा लामाले एजेन्डा थप गर्ने माग राखेका थिए ।

दुई सदस्यले विधानअनुसार माग गरेका एजेन्डा थप नगरेसम्म उपस्थितीमा हस्ताक्षर नगर्ने भन्दै बहुमत ११ सदस्यले विरोध जनाएपछि बैठकको कोरम पुगेको थिएन ।

‘अध्यक्षले सचिवालयले राखेका एजेन्डामात्र समावेश गरेर जबरजस्ती बैठक चलाउन खोज्नुभयो । फुटबल विकासका लागि पदाधिकारीले विधानअनुसार थप्न माग राखेका एजेन्डा समावेश नगरेपछि हामीले हस्ताक्षर गर्न सकेनौं,’ एन्फा कार्यसमितिका सदस्य अनिल मल्लले खेलाडी डटकमसँग भने ।

बैठकका लागि उपस्थित भएर पनि पदाधिकारीले माग गरेका एजेन्डा समावेश नगरेका कारण हस्ताक्षर नगर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) लगायत छन् ।

उपस्थितीमा हस्ताक्षर नगर्ने कार्यसमिति सदस्यहरुमा अनिल मल्ल, रविन्द्रबहादुर चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश ब्यन्जनकार र पेमा डोल्मा लामा छन् । यसैगरी पछिल्ला बैठकहरुमा अध्यक्ष नेम्वाङको पक्षमा रहँदै आएका मणीराज बिष्ट र मनिष जोशी पनि यसपाली विपक्षमा उभिएका छन् ।

अल्पमतमा परेका अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दीपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, भरत बुढ थापा, विकास श्रेष्ठ, दीपेन्द्र धिमाल, टिका लामा र सरिला श्रेष्ठ छन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate