चैत्र ७, २०८२ शनिबार | २३:५४:०८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फा कार्यसमितिभित्र अध्यक्ष नेम्वाङ अल्पमतमा, कोरम नपुगेर बैठक स्थगित

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कोरम नपुगेका कारण स्थगित भएको छ ।

गत वर्ष असारमा प्रचण्ड बहुमतका साथ पंकजविक्रम नेम्वाङको अध्यक्षतामा पूरा प्यानल नै निर्वाचित भए पनि एन्फा कार्यसमिति चुनावलगत्तै आपसी विवादमा रुमल्लिएको थियो । त्यसयता विना विवाद एउटै बैठक सञ्चालन गर्न नसकेको एन्फाको आज बिहानलाई तय भएको बैठक पनि बहुमत सदस्यको विराेधका कारण बस्न सकेन ।

अध्यक्ष नेम्वाङका मुख्य सहयोगीका रुपमा रहँदै आएका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको अपराधमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् । २१ सदस्यीय कार्यसमितिमा लामा सम्पर्कविहिन भएपछि बाँकी २० मध्ये ११ जनाले बिहीबार बैठकको उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि कोरम नपुगेर बैठक चल्न सकेन ।

एन्फा सचिवालयले प्रस्तुत गरेका एजेन्डामात्र समावेश गरेर अध्यक्ष नेम्वाङले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि विवाद सुरु भएको थियो । बैठकको निमन्त्रणा प्राप्त भएपछि एन्फाका कार्यसमिति सदस्यद्धय रविन्द्रबहाद्ुर चन्द र पेमा डोल्मा लामाले एजेन्डा थप गर्ने माग राखेका थिए ।

दुई सदस्यले विधानअनुसार माग गरेका एजेन्डा थप नगरेसम्म उपस्थितीमा हस्ताक्षर नगर्ने भन्दै बहुमत ११ सदस्यले विरोध जनाएपछि बैठकको कोरम पुगेको थिएन ।

‘अध्यक्षले सचिवालयले राखेका एजेन्डामात्र समावेश गरेर जबरजस्ती बैठक चलाउन खोज्नुभयो । फुटबल विकासका लागि पदाधिकारीले विधानअनुसार थप्न माग राखेका एजेन्डा समावेश नगरेपछि हामीले हस्ताक्षर गर्न सकेनौं,’ एन्फा कार्यसमितिका सदस्य अनिल मल्लले खेलाडी डटकमसँग भने ।

बैठकका लागि उपस्थित भएर पनि पदाधिकारीले माग गरेका एजेन्डा समावेश नगरेका कारण हस्ताक्षर नगर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) लगायत छन् ।

उपस्थितीमा हस्ताक्षर नगर्ने कार्यसमिति सदस्यहरुमा अनिल मल्ल, रविन्द्रबहादुर चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश ब्यन्जनकार र पेमा डोल्मा लामा छन् । यसैगरी पछिल्ला बैठकहरुमा अध्यक्ष नेम्वाङको पक्षमा रहँदै आएका मणीराज बिष्ट र मनिष जोशी पनि यसपाली विपक्षमा उभिएका छन् ।

अल्पमतमा परेका अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दीपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, भरत बुढ थापा, विकास श्रेष्ठ, दीपेन्द्र धिमाल, टिका लामा र सरिला श्रेष्ठ छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो