चैत्र १६, २०८२ सोमबार | २०:४४:५१
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

एन्फाको स्वीकृतिप्राप्त प्रतियोगितामा अनुशासनको कार्वाहीमा परेका खेलाडी

पिटर सेगुन र मार्टिन अजयीको फाइल तस्बिर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुमतीप्राप्त प्रतियोगितामा एन्फाले नै अनुशासनको कार्वाही गरेका खेलाडी सहभागी भएका छन् ।

एन्फाको अनुमतीमा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडाको गौरीटार रंगशालामा जारी सहिद स्मृति मकवानपुर गोल्डकपमा एन्फाको कार्वाहीमा परेका दुई विदेशी खेलाडी धनकुटाको रारा फुटबल क्लब, राजारानीबाट खेलिरहेका छन् । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा एन्फाका पनि केन्द्रिय सदस्य हुन् ।

शनिबार नेपाल पुलिस तथा सोमबार त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा रारा क्लबले एन्फाको अनुशासन कार्वाहीमा परेका दुई नाइजेरियाली खेलाडी मार्टिन कयोडे अजयी र पिटर सेगुन मैदान उतारेको थियो । यिनै दुई विदेशी खेलाडीबाट प्रेरित रारा फुटबल क्लब सोमबार आर्मीलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

यसअघि २०७९/०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विना भिसा थ्री स्टार क्लबबाट जावलाखेल युथ क्लबविरुद्धको खेलमा मैदान उत्रिएवापत एन्फाले थ्री स्टारलाई तीन लाख तथा मार्टिन र पिटरलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

दुवै खेलाडीले अहिलेसम्म एन्फामा जरिवाना बुझाएका छैनन् । तर यी दुई खेलाडीलाई हेटौंडामा खेलाउन रारा क्लबले जरिवाना रकम आफूले तिरिदिने भन्दै एन्फालाई पत्राचार गरेको थियो । त्यही आधारमा जरिवाना नलिए पनि एन्फाले मौखिक अनुमती दिएको भरमा कार्वाहीमा परेका दुई खेलाडीलाई मैदान उतारिएको हो ।

रारा क्लबका सचिव युवराज कटुवालले यही माघ १८ गते एन्फालाई पत्र लेख्दै १५ दिनभित्र दुवै खेलाडीको जरिवाना क्लबले तिरिदिने, त्यसवापत उनीहरुलाई हेटौडामा खेलाउन पाउँ भनि अनुरोध गरेको एन्फा स्रोतले जनाएको छ ।

‘उहाँहरुले पत्र लेखेर अनुरोध गर्नुभएको छ । हाम्रो एउटा सदस्य क्लबले यति भनेपछि विश्वास त गर्नैपर्यो,’ एन्फाका एक पदाधिकारीले भने, ‘राम्रा विदेशी खेलाडीलाई खेलाउँदा नेपाली फुटबलकै स्तर माथि जाने हो । खेलाडीलाई खेल्नमा रोक लगाएर मात्र हुँदैन । खेलाडीले गल्ती स्वीकारिसकेका छन् । जरिवाना पनि रारा क्लबले तिर्छु भनेपछि हामीले रोकिरहनु आवश्यक देखिएन ।’

एन्फाका अधिकारीले आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास गरे पनि दुई खेलाडी र थ्री स्टारविरुद्धको कार्वाही अपुग भयो भनेर सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एन्फाको अपिल कमिटीमा निवेदन हालेको छ । जुन अझैसम्म विचाराधिन अवस्थामा छ ।

एन्फा आफैले गरेको कार्वाही भुक्तान नै नगरेका खेलाडीलाई एन्फाको आधिकारिक प्रतियोगितामा खेलाएर नेपाली फुटबल प्रशासनको धज्जी उडाइएको आर्मीका एक खेलाडी बताउँछन् । उनको विचारमा कार्वाही भुक्तान नगरेसम्म कार्वाहीमा परेका खेलाडीले खेल्न पाइँदैन ।

‘हामीले यहाँ आयोजकलाई कार्वाहीमा परेका खेलाडीको कार्वाही पूरा नभएसम्म खेलाउन पाइन्न भनेर धेरै अनुरोध गर्यौं । म्याच कमिस्नर छवी सुवेदी र आयोजक प्रमूख टिका लामासँग पनि कुरा गर्यौं । तर उहाँहरुले एन्फाको कार्वाहीमा खेल्न नपाउने भनेको छैन, जरिवाना मात्र गरेको छ त्यसैले खेलाउन मिल्छ भन्नुभयो,’ आर्मीका ती खेलाडीले भने, ‘त्यसपछि हामीले जरिवाना तिरेको रसिद र एन्फाले ती खेलाडी खेलाउन पाउँछ भनेर स्वीकृति दिएको पत्र माग गर्यौं । तर उहाँहरुले त्यो केही पनि आवश्यक नरहेको भनेर जवरजस्ती गर्नुभयो । कार्वाही पूरा नगरि कसरी कसैको दोष पखालिन्छ ? नेपाली फुटबलमा यस्तै छ, पारा ।’

शनिबार मात्र आर्मीले पहिलो पटक नेपाली फुटबलको सबभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहारारा गोल्डकपमा उपाधि जितेको थियो । पछिल्लो २० वर्षदेखि लगातार चलिरहेको प्रतियोगितामा उपाधि जितेपछि सोझै पोखराबाट हेटौंडा पुगेको टोलीे एक रातको पनि आरामविना सोमबार रारा क्लबविरुद्ध मैदान उत्रिएको थियो । आर्मी गए राती साढे १२ बजे हेटौंडा पुगेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो