पुस २७, २०८२ सोमबार | १४:१५:१२
अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका

एन्फाको स्वीकृतिप्राप्त प्रतियोगितामा अनुशासनको कार्वाहीमा परेका खेलाडी

पिटर सेगुन र मार्टिन अजयीको फाइल तस्बिर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुमतीप्राप्त प्रतियोगितामा एन्फाले नै अनुशासनको कार्वाही गरेका खेलाडी सहभागी भएका छन् ।

एन्फाको अनुमतीमा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडाको गौरीटार रंगशालामा जारी सहिद स्मृति मकवानपुर गोल्डकपमा एन्फाको कार्वाहीमा परेका दुई विदेशी खेलाडी धनकुटाको रारा फुटबल क्लब, राजारानीबाट खेलिरहेका छन् । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा एन्फाका पनि केन्द्रिय सदस्य हुन् ।

शनिबार नेपाल पुलिस तथा सोमबार त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा रारा क्लबले एन्फाको अनुशासन कार्वाहीमा परेका दुई नाइजेरियाली खेलाडी मार्टिन कयोडे अजयी र पिटर सेगुन मैदान उतारेको थियो । यिनै दुई विदेशी खेलाडीबाट प्रेरित रारा फुटबल क्लब सोमबार आर्मीलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

यसअघि २०७९/०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विना भिसा थ्री स्टार क्लबबाट जावलाखेल युथ क्लबविरुद्धको खेलमा मैदान उत्रिएवापत एन्फाले थ्री स्टारलाई तीन लाख तथा मार्टिन र पिटरलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

दुवै खेलाडीले अहिलेसम्म एन्फामा जरिवाना बुझाएका छैनन् । तर यी दुई खेलाडीलाई हेटौंडामा खेलाउन रारा क्लबले जरिवाना रकम आफूले तिरिदिने भन्दै एन्फालाई पत्राचार गरेको थियो । त्यही आधारमा जरिवाना नलिए पनि एन्फाले मौखिक अनुमती दिएको भरमा कार्वाहीमा परेका दुई खेलाडीलाई मैदान उतारिएको हो ।

रारा क्लबका सचिव युवराज कटुवालले यही माघ १८ गते एन्फालाई पत्र लेख्दै १५ दिनभित्र दुवै खेलाडीको जरिवाना क्लबले तिरिदिने, त्यसवापत उनीहरुलाई हेटौडामा खेलाउन पाउँ भनि अनुरोध गरेको एन्फा स्रोतले जनाएको छ ।

‘उहाँहरुले पत्र लेखेर अनुरोध गर्नुभएको छ । हाम्रो एउटा सदस्य क्लबले यति भनेपछि विश्वास त गर्नैपर्यो,’ एन्फाका एक पदाधिकारीले भने, ‘राम्रा विदेशी खेलाडीलाई खेलाउँदा नेपाली फुटबलकै स्तर माथि जाने हो । खेलाडीलाई खेल्नमा रोक लगाएर मात्र हुँदैन । खेलाडीले गल्ती स्वीकारिसकेका छन् । जरिवाना पनि रारा क्लबले तिर्छु भनेपछि हामीले रोकिरहनु आवश्यक देखिएन ।’

एन्फाका अधिकारीले आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास गरे पनि दुई खेलाडी र थ्री स्टारविरुद्धको कार्वाही अपुग भयो भनेर सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एन्फाको अपिल कमिटीमा निवेदन हालेको छ । जुन अझैसम्म विचाराधिन अवस्थामा छ ।

एन्फा आफैले गरेको कार्वाही भुक्तान नै नगरेका खेलाडीलाई एन्फाको आधिकारिक प्रतियोगितामा खेलाएर नेपाली फुटबल प्रशासनको धज्जी उडाइएको आर्मीका एक खेलाडी बताउँछन् । उनको विचारमा कार्वाही भुक्तान नगरेसम्म कार्वाहीमा परेका खेलाडीले खेल्न पाइँदैन ।

‘हामीले यहाँ आयोजकलाई कार्वाहीमा परेका खेलाडीको कार्वाही पूरा नभएसम्म खेलाउन पाइन्न भनेर धेरै अनुरोध गर्यौं । म्याच कमिस्नर छवी सुवेदी र आयोजक प्रमूख टिका लामासँग पनि कुरा गर्यौं । तर उहाँहरुले एन्फाको कार्वाहीमा खेल्न नपाउने भनेको छैन, जरिवाना मात्र गरेको छ त्यसैले खेलाउन मिल्छ भन्नुभयो,’ आर्मीका ती खेलाडीले भने, ‘त्यसपछि हामीले जरिवाना तिरेको रसिद र एन्फाले ती खेलाडी खेलाउन पाउँछ भनेर स्वीकृति दिएको पत्र माग गर्यौं । तर उहाँहरुले त्यो केही पनि आवश्यक नरहेको भनेर जवरजस्ती गर्नुभयो । कार्वाही पूरा नगरि कसरी कसैको दोष पखालिन्छ ? नेपाली फुटबलमा यस्तै छ, पारा ।’

शनिबार मात्र आर्मीले पहिलो पटक नेपाली फुटबलको सबभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहारारा गोल्डकपमा उपाधि जितेको थियो । पछिल्लो २० वर्षदेखि लगातार चलिरहेको प्रतियोगितामा उपाधि जितेपछि सोझै पोखराबाट हेटौंडा पुगेको टोलीे एक रातको पनि आरामविना सोमबार रारा क्लबविरुद्ध मैदान उत्रिएको थियो । आर्मी गए राती साढे १२ बजे हेटौंडा पुगेको थियो । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||