चैत्र १२, २०८२ बिहीबार | १६:५५:४३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

क्लोपलाई बार्यनको प्रशिक्षक बनाउन नोयरको समर्थन

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखका कप्तान मानुवेल नोयरले क्लबको नयाँ प्रशिक्षकमा योर्गेन क्लोपलाई अनुबन्ध गर्ने कुरामा समर्थन जनाएका छन् ।

यसै सिजनको अन्त्यसँगै क्लोपले इङ्लिस क्लब लिभरपुल छाड्ने घोषणा गरेको हप्तादिन पछि नोयरले क्लोपका बारेमा बोलेका हुन् ।

गत शुक्रबार मात्र क्लोपले लिभरपुल छाड्ने अप्रत्याशित निर्णय लिएका थिए । यो निर्णयपछि क्लोपको आगामी यात्राका बारेमा कुरा हुन थालिएको छ ।

गत साता मात्र फ्यान क्लबमा उपस्थित नोयरलाई बार्यनको नयाँ प्रशिक्षक क्लोप बन्न सक्ला ? भनेर प्रश्न गरिएको थियो ।

‘मलाई लाग्छ, यो निर्णय क्लोप आँफैको हो, ’ नोयरले जवाफ फर्काए, ‘मलाई लाग्दैन, बार्यनलाई क्लोपप्रति कुनै पनि समस्या छ । किनभने, क्लोप एक चर्चित, अनुभवी र राम्रा प्रशिक्षक हुन् । र उनीप्रति सबै खेलाडीको उच्च सम्मान छ । क्लोप जस्तो प्रशिक्षक बार्यनमा आउनु क्लबका लागि पनि निक्कै फलदायी हुनेछ ।’

‘मुख्य कुरा क्लोप प्रशिक्षणमा फर्कन्छन् वा फर्कँदैनन् भन्ने कुराले पनि फरक पार्छ । उनी सायद अहिले ब्रेकमा बस्नेछन् । उनले राष्ट्रिय टोली हेर्ने मनसाय पनि बोकेका हुन सक्छन् । यो सबै उनीमै भर पर्ने कुरा हो, ’ नोयरले बताए ।

क्लोपले यसअघि बार्यनको प्रस्ताव अस्विकार गरेको बताएका थिए । उनले बार्यनको जिम्मेवारी आफूले कहिल्यै पनि नलिने पनि बताएका थिए । ‘बार्यनबाट प्रस्ताव नआएको होइन । म बार्यन जान सक्थेँ । र त्यहाँ उपाधिहरु जित्न सक्थेँ । तर, म त्यहाँ जाँदिन, ’ क्लोपले भनेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो