माघ १७, २०८२ शनिबार | १०:२५:१४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

क्लोपलाई बार्यनको प्रशिक्षक बनाउन नोयरको समर्थन

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखका कप्तान मानुवेल नोयरले क्लबको नयाँ प्रशिक्षकमा योर्गेन क्लोपलाई अनुबन्ध गर्ने कुरामा समर्थन जनाएका छन् ।

यसै सिजनको अन्त्यसँगै क्लोपले इङ्लिस क्लब लिभरपुल छाड्ने घोषणा गरेको हप्तादिन पछि नोयरले क्लोपका बारेमा बोलेका हुन् ।

गत शुक्रबार मात्र क्लोपले लिभरपुल छाड्ने अप्रत्याशित निर्णय लिएका थिए । यो निर्णयपछि क्लोपको आगामी यात्राका बारेमा कुरा हुन थालिएको छ ।

गत साता मात्र फ्यान क्लबमा उपस्थित नोयरलाई बार्यनको नयाँ प्रशिक्षक क्लोप बन्न सक्ला ? भनेर प्रश्न गरिएको थियो ।

‘मलाई लाग्छ, यो निर्णय क्लोप आँफैको हो, ’ नोयरले जवाफ फर्काए, ‘मलाई लाग्दैन, बार्यनलाई क्लोपप्रति कुनै पनि समस्या छ । किनभने, क्लोप एक चर्चित, अनुभवी र राम्रा प्रशिक्षक हुन् । र उनीप्रति सबै खेलाडीको उच्च सम्मान छ । क्लोप जस्तो प्रशिक्षक बार्यनमा आउनु क्लबका लागि पनि निक्कै फलदायी हुनेछ ।’

‘मुख्य कुरा क्लोप प्रशिक्षणमा फर्कन्छन् वा फर्कँदैनन् भन्ने कुराले पनि फरक पार्छ । उनी सायद अहिले ब्रेकमा बस्नेछन् । उनले राष्ट्रिय टोली हेर्ने मनसाय पनि बोकेका हुन सक्छन् । यो सबै उनीमै भर पर्ने कुरा हो, ’ नोयरले बताए ।

क्लोपले यसअघि बार्यनको प्रस्ताव अस्विकार गरेको बताएका थिए । उनले बार्यनको जिम्मेवारी आफूले कहिल्यै पनि नलिने पनि बताएका थिए । ‘बार्यनबाट प्रस्ताव नआएको होइन । म बार्यन जान सक्थेँ । र त्यहाँ उपाधिहरु जित्न सक्थेँ । तर, म त्यहाँ जाँदिन, ’ क्लोपले भनेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।