माघ १४, २०८२ बुधबार | १६:४९:४७
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

एन्फा महासचिव राईमाथि किर्ते र ठगीको आरोप

काठमाडौं । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य अनिल मल्लले महासचिव किरण राईले किर्ते र ठगी गरेको आरोप लगाउँदै छनबिन गर्नका लागि उजुरी दर्ता गराएका छन् ।

मल्लले इमेलमार्फत सोमबार एन्फा पुनरावेनद समितिमा उजुरी दर्ता गराएका हुन् । मल्लले गत कार्तिक २३ गते हेटौंडामा बसेको विशेष साधारण सभाको खर्च विवरण कार्यसमितिको बैठको एजेन्डामै नराखिएको र छलफलविनै विविध शिर्षकमा निर्णय पुस्तिकामा समावेश गरिएको भन्दै अनन्तुष्टि जनाएका हुन् ।

‘अखिल नेपाल फुटबल संघको कार्तिक २३ गते मकवानपुरको हेटौंडामा सम्पन्न विशेष साधारण सभामा हुन गएको खर्चका सम्बन्धमा, एन्फा कार्य समितीको बैठकको एजेन्डामा नरहेको विषयलाई विविमा राखे चोर तरिकाले समावेश गरी, कार्यसमितीमा कुनै किसिमको खर्चको फाटवारी पेश नगरी, कुनै किसिमको छलफल नै नगरी, निर्णय पुस्तिकामा लागत खर्च अनुमोदन गरियो भनी राखिएको विषय ज्यादै संवेदनशिल र गम्भीर समेत छ’ पत्रमा भनिएको छ ।’

हेटौंडामा सम्पन्न एन्फा विशेष साधारण सभा

मल्लले यो नेपाली फुटबल र एन्फाका लागि मात्र नभएर सिंगो नेपाली खेलकुद क्षेत्रकै अवैधानिक र लज्जास्पद विषय रहेको भन्दै महासचिव राइविरुद्ध किर्ते र  ठगीको आरोप लगाउँदै छनबिनको माग गरेका छन् ।

‘यो विषय नेपाली फुटबल र एन्फाका लागि मात्रै नभई सम्पुर्ण नेपाली खेल क्षेत्रकै लागि अवैधानिक र लज्जास्पद विषय हो। यो विषय कार्यसमिति लगायत सम्पुर्ण सरोकार वालाका लागि किर्ते र ठगीको विषय हो ,’ पत्रमा भनिएको छ,‘उपरोक्त विषयमा छानबिन गरी कार्यसमितीको निर्णय लेख्ने आधिकारिक व्यक्ति एन्फा महासचिव उपर किर्ते , ठगी र मनमानी तरिकाले माइन्युट लेखिएको विषयमा कारबाही प्रक्रिया अघि बढाई, एन्फालाई वैधानिक र पारदर्शिताको बाटो अवलम्बन गर्न प्रेरित गरिदिन सादर अनुरोध गर्दछु ।’

मल्लले छनबिनका लागि पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकको एजेन्डा, निर्णय पुस्तिका र भिडियोको अध्ययन गर्न आग्रह गरेका छन् ।

‘पुनः उपरोक्त विषयमा, अनुसन्धानका लागि २०८० पौष २ गते सम्पन्न कार्यसमिति बैठकको एजेण्डा, निर्णय पुस्तिका र कार्यसमिति बैठकको भिडियो रेकर्डको अध्ययन गर्दा स्पष्ट हुने समेत जानकारी गराउँदछु’ पत्रमा भनिएको छ ।

सोमबार एन्फाको विशेष साधारण सभा हुँदैछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।