चैत्र ५, २०८२ बिहीबार | २२:५६:०२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा महासचिव राईमाथि किर्ते र ठगीको आरोप

काठमाडौं । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य अनिल मल्लले महासचिव किरण राईले किर्ते र ठगी गरेको आरोप लगाउँदै छनबिन गर्नका लागि उजुरी दर्ता गराएका छन् ।

मल्लले इमेलमार्फत सोमबार एन्फा पुनरावेनद समितिमा उजुरी दर्ता गराएका हुन् । मल्लले गत कार्तिक २३ गते हेटौंडामा बसेको विशेष साधारण सभाको खर्च विवरण कार्यसमितिको बैठको एजेन्डामै नराखिएको र छलफलविनै विविध शिर्षकमा निर्णय पुस्तिकामा समावेश गरिएको भन्दै अनन्तुष्टि जनाएका हुन् ।

‘अखिल नेपाल फुटबल संघको कार्तिक २३ गते मकवानपुरको हेटौंडामा सम्पन्न विशेष साधारण सभामा हुन गएको खर्चका सम्बन्धमा, एन्फा कार्य समितीको बैठकको एजेन्डामा नरहेको विषयलाई विविमा राखे चोर तरिकाले समावेश गरी, कार्यसमितीमा कुनै किसिमको खर्चको फाटवारी पेश नगरी, कुनै किसिमको छलफल नै नगरी, निर्णय पुस्तिकामा लागत खर्च अनुमोदन गरियो भनी राखिएको विषय ज्यादै संवेदनशिल र गम्भीर समेत छ’ पत्रमा भनिएको छ ।’

हेटौंडामा सम्पन्न एन्फा विशेष साधारण सभा

मल्लले यो नेपाली फुटबल र एन्फाका लागि मात्र नभएर सिंगो नेपाली खेलकुद क्षेत्रकै अवैधानिक र लज्जास्पद विषय रहेको भन्दै महासचिव राइविरुद्ध किर्ते र  ठगीको आरोप लगाउँदै छनबिनको माग गरेका छन् ।

‘यो विषय नेपाली फुटबल र एन्फाका लागि मात्रै नभई सम्पुर्ण नेपाली खेल क्षेत्रकै लागि अवैधानिक र लज्जास्पद विषय हो। यो विषय कार्यसमिति लगायत सम्पुर्ण सरोकार वालाका लागि किर्ते र ठगीको विषय हो ,’ पत्रमा भनिएको छ,‘उपरोक्त विषयमा छानबिन गरी कार्यसमितीको निर्णय लेख्ने आधिकारिक व्यक्ति एन्फा महासचिव उपर किर्ते , ठगी र मनमानी तरिकाले माइन्युट लेखिएको विषयमा कारबाही प्रक्रिया अघि बढाई, एन्फालाई वैधानिक र पारदर्शिताको बाटो अवलम्बन गर्न प्रेरित गरिदिन सादर अनुरोध गर्दछु ।’

मल्लले छनबिनका लागि पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकको एजेन्डा, निर्णय पुस्तिका र भिडियोको अध्ययन गर्न आग्रह गरेका छन् ।

‘पुनः उपरोक्त विषयमा, अनुसन्धानका लागि २०८० पौष २ गते सम्पन्न कार्यसमिति बैठकको एजेण्डा, निर्णय पुस्तिका र कार्यसमिति बैठकको भिडियो रेकर्डको अध्ययन गर्दा स्पष्ट हुने समेत जानकारी गराउँदछु’ पत्रमा भनिएको छ ।

सोमबार एन्फाको विशेष साधारण सभा हुँदैछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो