चैत्र १८, २०८२ बुधबार | १३:१७:१३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

प्रवीण घले स्मृति कपः रोयल फ्यामिली, कुन्चोक, बछलादेवी र चौतारा स्पोर्टिङ विजयी

सिन्धुपाल्चोक । प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा बुधबार चार खेल सम्पन्न भएको छ।

चौतारास्थित मिनी रंगशालामा सम्पन्न खेलमा रोयल फ्यामिली चौतारा, इन्द्रावती गाउँपालिका-३ कुन्चोक, बछलादेवी युवा क्लब र चौतारा स्पोर्टिङ क्लब विजयी भए ।

दिनको पहिलो खेलमा रोयल फ्यामिलीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई ३-१ ले पराजित गर्‍यो। रोयलको जितमा रोनिश श्रेष्ठले दुई र युवराज दुलालले एक गोल गरे।

दोस्रो खेलमा इन्द्रावती-३ ले धार्पा युवा क्लबलाई ४-१ ले पराजित गर्‍यो। पहिलो हाफमै २-१ को अग्रता बनाएको इन्द्रावतीले दोस्रो हाफमा एक गोल गर्दा  अर्को गोल आत्मघाती उपहार स्वरुप पायो।

तेस्रो खेलमा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै बछलादेवीले गौरती युवा क्लबमाथि १-२ को पुनरागमन जित हासिल गर्यो। यी तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

दिनको चौथो तथा अन्तिम खेलमा चौतारा स्पोर्टिङले जल्केनी युवा क्लबलाई ५-१ को फराकिलो जित निकाल्यो । पहिलो हाफमा ३-० को अग्रता बनाएको स्पोर्टिङले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल व्यहोरेको थियो।

विजेता चारै टोलीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । लिलफुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको आयोजनामा जारी प्रतियोगिामा बिहीबार दुई खेल हुनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो