चैत्र ९, २०८२ सोमबार | १०:०७:५१
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

नेपाल सुपर लिगः पोखरा र बुटवलको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा थन्डर्सले एफसी बुटवल लुम्बिनीसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।

दुवै टोलीले केही अवसर सृजना गरेपनि गोल भने गर्न सकेका छैनन् ।

बुटवललाई पराजित गरे पोखराले प्लेअफमा स्थान बनाउनेछ । ६ खेलमा ११ अंक जोडेको पोखरा अंकतालिकाको दोस्रो स्थानमा छ । बुटवलविरुद्धको जितले पोखराले कम्तिमा इलिमिनेटरमा स्थान बनाउनेछ । किनभने हाल पाँचौ स्थानमा रहेको झापा एफसीको ६ खेलबाट ७ अंक मात्र छ ।

उता बुटवललाई पोखराविरुद्ध जितवाहेक अन्य विकल्प छैन । समान खेलमा समान अंक भएपनि बुटवल झापाभन्दा एक स्थान तल छ । पोखराविरुद्ध जित हासिल गरे बुटवलको १० अंक हुनेछ । र उ तालिकाको तेस्रो स्थानमा उक्लिनेछ । र प्लेअफमा पुग्ने टोलीको टुंगो अन्तिम खेलमा छिनोफानो हुनेछ ।

पहिलो सिजनमा बुटवलले पोखरामाथि २–० को जित हासिल गरेको थियो । त्यतिबेला क्लब सम्हालेका नविन न्यौपाने अहिले पनि मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । बुटवलविरुद्ध आज उनलाई पछिल्लो सिजन ब्यहोरेको हारको बदला लिने अवसर पनि हुनेछ ।

आजै भएको पहिलो खेलमा पुछारमा रहेको स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई १–० ले स्तब्ध बनाएको थियो । त्यसैले पनि बुटवललाई जितको विकल्प छैन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो