माघ १८, २०८२ आइतबार | २१:०२:४५
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

नेपाल सुपर लिगः काठमाडौंमाथि बुटवलको रोमाञ्चक जित

काठमाडौं । बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साबिक विजेता काठमाडौं  रेजर्समाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार बुटवललाई जित दिलाउन स्टेफन समिर बिनोङ र कप्तान एरिक विष्टले  गोल गरे । काठमडौंका लागि राजिव लोप्चनले गोल फर्काए ।

दोस्रो जितसँगै पाँच खेलमा सात अंक जोडेको बुटवल तेस्रो स्थानमा उक्लिएको छ । पहिलो पराजय व्यहोरेको काठमाडौं  चार खेलमा पाँच अंकका साथ छैटौं स्थानमा छ । 

खेलको २६ औं मिनेटमा काठमाडौंका शोखरुखले गोल गरेपनि अफसाइड रहँदा त्यसले मान्यता पाएन ।

तीन मिनेटपछि नै बिनोङको गोलमार्फत बुटवलले अग्रता लियो । सरोज तामाङको फ्रिकिकलाई काठमाडौंका गोलकिपर अभिषेक बरालले नियन्त्रण गर्न नसक्दा जितेस्पिजंग कार्कीले बिनोङलाई बल उपलब्ध गराएका थिए । बिनोङको पहिलो प्रहारलाई काठमाडौंका कप्तान कुलदीप कार्कीले बचाए पनि रिबाउन्डले बिनोङलाई नै लाग्दै जाली चुमेको थियो ।

३७ औं मिनेटमा शोखरुखको प्रहारलाई गोलकिपर मोहमोदुले बचाउँदै बुटवलको संकट टारे । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा एरिकको फ्रिकिक बारमा लागेर फर्किदाँ बुटवलले अग्रता दोब्बर बनाउन सकने ।

६१ औं मिनेटमा एरिकले गोल गर्दै बुटवलको अग्रता दोब्बर बनाए । उनले जिलेस्पिजंगको पासलाई पोस्टको दिशा दिएका थिए ।

७९ औं मिनेटमा शोखरुखको प्रहारलाई गोलकिपर मोहमोदुले बचाए । चार मिनेटपछि नै काठमाडौं दुई अवसरलाई सदुपयोग गर्न सकेन । राजिव लोप्चनको प्रहारलाई गोलकिपर मोहमोदुले बचाए । रिबाउन्डमा  एनकेन्गुए जुनियरको प्रहारलाई पनि मोहमोदुले गोलमा परिणत हुन दिएनन् ।

इन्जुरी समयमा राजिवले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।