चैत्र १८, २०८२ बुधबार | १२:२०:३४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपाल सुपर लिगः काठमाडौंमाथि बुटवलको रोमाञ्चक जित

काठमाडौं । बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साबिक विजेता काठमाडौं  रेजर्समाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार बुटवललाई जित दिलाउन स्टेफन समिर बिनोङ र कप्तान एरिक विष्टले  गोल गरे । काठमडौंका लागि राजिव लोप्चनले गोल फर्काए ।

दोस्रो जितसँगै पाँच खेलमा सात अंक जोडेको बुटवल तेस्रो स्थानमा उक्लिएको छ । पहिलो पराजय व्यहोरेको काठमाडौं  चार खेलमा पाँच अंकका साथ छैटौं स्थानमा छ । 

खेलको २६ औं मिनेटमा काठमाडौंका शोखरुखले गोल गरेपनि अफसाइड रहँदा त्यसले मान्यता पाएन ।

तीन मिनेटपछि नै बिनोङको गोलमार्फत बुटवलले अग्रता लियो । सरोज तामाङको फ्रिकिकलाई काठमाडौंका गोलकिपर अभिषेक बरालले नियन्त्रण गर्न नसक्दा जितेस्पिजंग कार्कीले बिनोङलाई बल उपलब्ध गराएका थिए । बिनोङको पहिलो प्रहारलाई काठमाडौंका कप्तान कुलदीप कार्कीले बचाए पनि रिबाउन्डले बिनोङलाई नै लाग्दै जाली चुमेको थियो ।

३७ औं मिनेटमा शोखरुखको प्रहारलाई गोलकिपर मोहमोदुले बचाउँदै बुटवलको संकट टारे । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा एरिकको फ्रिकिक बारमा लागेर फर्किदाँ बुटवलले अग्रता दोब्बर बनाउन सकने ।

६१ औं मिनेटमा एरिकले गोल गर्दै बुटवलको अग्रता दोब्बर बनाए । उनले जिलेस्पिजंगको पासलाई पोस्टको दिशा दिएका थिए ।

७९ औं मिनेटमा शोखरुखको प्रहारलाई गोलकिपर मोहमोदुले बचाए । चार मिनेटपछि नै काठमाडौं दुई अवसरलाई सदुपयोग गर्न सकेन । राजिव लोप्चनको प्रहारलाई गोलकिपर मोहमोदुले बचाए । रिबाउन्डमा  एनकेन्गुए जुनियरको प्रहारलाई पनि मोहमोदुले गोलमा परिणत हुन दिएनन् ।

इन्जुरी समयमा राजिवले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो