माघ १५, २०८२ बिहीबार | १९:४६:२३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

नेपाल सुपर लिगः इलामसँग अंक खोस्दै धनगढी शीर्ष स्थानमा

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम एफसीले साबिक उपविजेता धनगढी एफसीविरुद्ध २-२ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको पहिलो खेलमा इलामले सुरुआती हाफमा दुई गोल गरेको थियो । तर, दोस्रो हाफमा धनगढीले उत्कृष्ट पुनरागमन गर्दा इलाम दोस्रो जित हासिल गर्नबाट बन्चित भयो ।

बराबरीसँगै धनगढी अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दुई जित र दुई बराबरी खेलेको धनगढीले चार खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट इलामको ४ अंक छ र उ सातौं स्थानमा यथावत रह्यो ।

धनगढीले पहिला हाफ  सकिन एक मिनेट बाँकी रहँदा पहिलो गोल खायो । उसका लागि अमाथ एनडअको क्रसमा फोडे कमाराले वान टच गोल गरे ।

 पहिला हाफको इन्जुरी समयमा गोलकिपर मोहम्मद ताहाको गल्तीमा इलामले अग्रता दोब्बर बनायो । नवीन लामाको कर्नर ताहाले नियन्त्रणमा लिन खोज्दा उनीबाट बल फुट्किएको थियो । सोही मौकाको फाइदमा उठाउँदै ओमार थियामले ट्याप इन गोल गरे ।

५५ औं मिनेटमा इलामले तेस्रो गोलका लागि सुनौलो अवसर सृजना गयो । काउन्टर आक्रमणको फाइदा उठाएको इलामका लागि एमाथको क्रसमा बक्सभित्र निगरानीमा नरहेका कमाराको वान टच प्रहार ताहाले बचाए । 

यसअघि मार्की खेलाडी आशिष चौधरीको पासमा फोडे फोफानाको प्रहार इलामका गोलकिपर समीत श्रेष्ठले नियन्त्रण गरेका थिए । समीतले त्यसपछि हिजाजीको रिबाउन्ड प्रहारलाई पनि गोल हुन दिएनन् । सोही क्षण इलामले काउन्टर अवसर सृजना गरेको थियो ।

६८ औं मिनेटमा धनगढीले एक गोल फर्कायो । इब्राहिम जितेले बक्सभित्र फोफानालाई लडाएपछि धनगढीले पेनाल्टी प्राप्त गरेको थियो । प्राप्त अवसरमा रिचर्ड आग्यमाङले कुनै गल्ती गरेनन् । आग्यमाङको लोअर कर्नर प्रहारले पहिलो बारको जाली चुमेको थियो ।

७० औं मिनेटमा मोहम्मद हिजाजीको पासमा रोहन कार्कीको प्रहार समितले बचाएपछि इलामको खतरा टरेको थियो ।

८३ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले बराबरी गोल फर्काए । राइट साइडबाट फोफानाको क्रसमा ओलावालेले हेडमार्फत समीतलाई बिट गरे । ओलावालेको हेडरले दोस्रो बारको जाली चुमेको थियो ।

इन्जुरी समयमा ओलावालेको प्रहार समीतले बचाए । अन्तिम सेकेन्ड्समा रामचन्द्र वाजेको प्रहार बारमा लागेर फर्किएपछि खेल बराबरीमा समाप्त भयो ।

इलाम नियमित गोलकिपर तथा कप्तान विकेश कुथुविनानै मैदान उत्रिएको थियो । विकेश अभ्यासका दौरान घाइते हुँदा उनको स्थानमा समीतले मौका पाएका हुन् ।

आजै दिनको दोस्रो खेलमा साबिक विजेता काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीको सामना गर्नेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।