चैत्र १२, २०८२ बिहीबार | १९:२५:४५
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

नेपाल सुपर लिगः इलामसँग अंक खोस्दै धनगढी शीर्ष स्थानमा

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम एफसीले साबिक उपविजेता धनगढी एफसीविरुद्ध २-२ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको पहिलो खेलमा इलामले सुरुआती हाफमा दुई गोल गरेको थियो । तर, दोस्रो हाफमा धनगढीले उत्कृष्ट पुनरागमन गर्दा इलाम दोस्रो जित हासिल गर्नबाट बन्चित भयो ।

बराबरीसँगै धनगढी अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दुई जित र दुई बराबरी खेलेको धनगढीले चार खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट इलामको ४ अंक छ र उ सातौं स्थानमा यथावत रह्यो ।

धनगढीले पहिला हाफ  सकिन एक मिनेट बाँकी रहँदा पहिलो गोल खायो । उसका लागि अमाथ एनडअको क्रसमा फोडे कमाराले वान टच गोल गरे ।

 पहिला हाफको इन्जुरी समयमा गोलकिपर मोहम्मद ताहाको गल्तीमा इलामले अग्रता दोब्बर बनायो । नवीन लामाको कर्नर ताहाले नियन्त्रणमा लिन खोज्दा उनीबाट बल फुट्किएको थियो । सोही मौकाको फाइदमा उठाउँदै ओमार थियामले ट्याप इन गोल गरे ।

५५ औं मिनेटमा इलामले तेस्रो गोलका लागि सुनौलो अवसर सृजना गयो । काउन्टर आक्रमणको फाइदा उठाएको इलामका लागि एमाथको क्रसमा बक्सभित्र निगरानीमा नरहेका कमाराको वान टच प्रहार ताहाले बचाए । 

यसअघि मार्की खेलाडी आशिष चौधरीको पासमा फोडे फोफानाको प्रहार इलामका गोलकिपर समीत श्रेष्ठले नियन्त्रण गरेका थिए । समीतले त्यसपछि हिजाजीको रिबाउन्ड प्रहारलाई पनि गोल हुन दिएनन् । सोही क्षण इलामले काउन्टर अवसर सृजना गरेको थियो ।

६८ औं मिनेटमा धनगढीले एक गोल फर्कायो । इब्राहिम जितेले बक्सभित्र फोफानालाई लडाएपछि धनगढीले पेनाल्टी प्राप्त गरेको थियो । प्राप्त अवसरमा रिचर्ड आग्यमाङले कुनै गल्ती गरेनन् । आग्यमाङको लोअर कर्नर प्रहारले पहिलो बारको जाली चुमेको थियो ।

७० औं मिनेटमा मोहम्मद हिजाजीको पासमा रोहन कार्कीको प्रहार समितले बचाएपछि इलामको खतरा टरेको थियो ।

८३ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले बराबरी गोल फर्काए । राइट साइडबाट फोफानाको क्रसमा ओलावालेले हेडमार्फत समीतलाई बिट गरे । ओलावालेको हेडरले दोस्रो बारको जाली चुमेको थियो ।

इन्जुरी समयमा ओलावालेको प्रहार समीतले बचाए । अन्तिम सेकेन्ड्समा रामचन्द्र वाजेको प्रहार बारमा लागेर फर्किएपछि खेल बराबरीमा समाप्त भयो ।

इलाम नियमित गोलकिपर तथा कप्तान विकेश कुथुविनानै मैदान उत्रिएको थियो । विकेश अभ्यासका दौरान घाइते हुँदा उनको स्थानमा समीतले मौका पाएका हुन् ।

आजै दिनको दोस्रो खेलमा साबिक विजेता काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीको सामना गर्नेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो