काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बुधबार चेल्सीमाथि २ १ को रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल स्कट म्याकटोमिनेले गरे । चेल्सीका लागि कोले पाल्मरकले एक गोल फर्काए ।
जितसँगै १५ खेलमा २७ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको चेल्सी समान खेलबाट १९ अंकका साथ १० औं स्थानमा छ ।
खेलको १० औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्न नसक्दा युनाइटेडले अग्रता लिने सुनौलो अवसर गुमायो । एन्थोनीलाई इन्जो फर्नान्डेजले फउल परेपछि रेफ्रीले भिएआरको सहायतामा युनाइटेलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए ।
१९ औं मिनेटमा म्याकटोमिनेको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ४५ औं मिनेटमा मिखाइलो मुड्रिकको पासलाई पोस्टको दिशा दिँदै पाल्मेरले चेल्सीलाई बराबरीमा ल्याए ।
६९ औं मिनेटमा म्याकटोमिने गरेको व्यक्तिगत दोस्रो निर्णायक बन्दा युनाइटेड २-१ ले विजयी भयो । उनले अलेजान्द्रो गार्नाचोको पासलाई सदुपयोग गरेका थिए ।
लिग अन्तर्गतकै अन्य खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २-० तथा फुलहमले नटिङ्घम फरेस्टलाई ५-० ले पराजित गरे ।