चैत्र १४, २०८२ शनिबार | ०५:३०:४०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल सुपर लिगः धनगढी र वीरगंजको पहिलो हाफ बराबरी

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करण अन्तर्गत साबिक उपविजेता धनगढी एफसी र वीरगंज युनाइटेडविरुद्धको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

प्रतियोगिताको तेस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा धनगढीका लागि फोडे फोफानाले गोल गर्दा  वीरगंजका लागि हान्स कोफीले पेनाल्टीको सदुपयोग गरे ।

खेलको दोस्रो मिनेटमै धनगढीले अग्रता लियो । विपक्षी रक्षकको बल खोस्दै अफिज ओलावालेको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका फोफानाले वान टचमा गोल गरे ।

९ औं मिनेटमा वीरगंजले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो । विलियम ओपकु अ‍ैसेडुको प्रहार रक्षक रिचार्ड ओसेइ अक्ष्वेमाङलाई लाग्दै बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

चार मिनेटपछि  वीरगंज पुनः गोल गर्नबाट चुक्यो । बक्सभित्र अभिषेक गुरुङलाई बिट गर्दै विशोन गुरुङले गरेको प्रहार बाहिरिन पुग्यो ।

 पहिलो हाफको मध्यतिर वीरगंजले तेस्रो अवसर गुमायो । तेज तामाङको कर्नरमा अ‍ैसेडुको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा वीरगंजले बराबरी गोल फर्कायो । कर्नर क्रसलाई जाजे गुस्ताभोले हेडमार्फत पोस्टको दिशा दिन खोज्दा फलु डियाग्नेले हातले बल छुन पुगेका थिए । प्राप्त पेनाल्टी अवसरमा हान्स चुकेनन् ।

दुवै टोली प्रतियोगिताको सुरुआत जितका साथ गर्न चाहन्छ । पहिलो संस्करणमा धनगढी पहिलो खेलमा ३-० ले पराजित भएको थियो । त्यसपछि फाइनलसम्मको यात्रा गरेको धनगढी उपाधि भिडन्तमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो । विरगंजको भने यो पहिलो सिजन हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो