माघ १८, २०८२ आइतबार | ०१:५७:०४
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

नेपाल सुपर लिगः धनगढी र वीरगंजको पहिलो हाफ बराबरी

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करण अन्तर्गत साबिक उपविजेता धनगढी एफसी र वीरगंज युनाइटेडविरुद्धको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

प्रतियोगिताको तेस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा धनगढीका लागि फोडे फोफानाले गोल गर्दा  वीरगंजका लागि हान्स कोफीले पेनाल्टीको सदुपयोग गरे ।

खेलको दोस्रो मिनेटमै धनगढीले अग्रता लियो । विपक्षी रक्षकको बल खोस्दै अफिज ओलावालेको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका फोफानाले वान टचमा गोल गरे ।

९ औं मिनेटमा वीरगंजले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो । विलियम ओपकु अ‍ैसेडुको प्रहार रक्षक रिचार्ड ओसेइ अक्ष्वेमाङलाई लाग्दै बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

चार मिनेटपछि  वीरगंज पुनः गोल गर्नबाट चुक्यो । बक्सभित्र अभिषेक गुरुङलाई बिट गर्दै विशोन गुरुङले गरेको प्रहार बाहिरिन पुग्यो ।

 पहिलो हाफको मध्यतिर वीरगंजले तेस्रो अवसर गुमायो । तेज तामाङको कर्नरमा अ‍ैसेडुको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा वीरगंजले बराबरी गोल फर्कायो । कर्नर क्रसलाई जाजे गुस्ताभोले हेडमार्फत पोस्टको दिशा दिन खोज्दा फलु डियाग्नेले हातले बल छुन पुगेका थिए । प्राप्त पेनाल्टी अवसरमा हान्स चुकेनन् ।

दुवै टोली प्रतियोगिताको सुरुआत जितका साथ गर्न चाहन्छ । पहिलो संस्करणमा धनगढी पहिलो खेलमा ३-० ले पराजित भएको थियो । त्यसपछि फाइनलसम्मको यात्रा गरेको धनगढी उपाधि भिडन्तमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो । विरगंजको भने यो पहिलो सिजन हो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।