चैत्र १४, २०८२ शनिबार | २३:५६:५०
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

नेपाल सुपर लिगः नेपालका मैदान देख्दा दंग परे ललितपुरका प्रशिक्षक

काठमाडौं । फ्रेन्चाईज टोली ललितपुर सिटी एफसीका प्रशिक्षक इयान एन्ड्रियु गिलनले नेपालमा भएका मैदानले खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलमा गाह्रो बनाइरहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करण शुक्रबार बाट सुरु हुँदैछ । प्रतियोगिताअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा ललितपुरको प्रतिनिधित्व गरेका गिलनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नेपाल आउने बित्तिकै मैले प्रशिक्षण गर्ने मैदान हेरेँ । फुटबल खेल्ने मैदान जंगल जस्ता थिए । त्यतिबेला मैले व्यवास्थापकसँग सोधेको थिएँ, के हामी यस्तो मैदानमा प्रशिक्षण गर्छौँ ?,’ गिलनले भने, ‘अन्तराष्ट्रिय फुटबलमा यसले नेपाली खेलाडीलाई असर गरिरहेको छ ।’

एनएसएल पश्चात नेपाली फुटबलको ग्रासरुटमा केही गर्ने योजना बनाएका गिलनले अस्ट्रेलियाका मैदानहरु यता ल्याउन सकिने बताए ।

‘अस्ट्रेलियामा भएका मैदानहरु नेपाल ल्याउन सकिन्छ । ती ल्याइएका मैदानमा ग्रासरुट सुरु गर्न सकियो भने भोलिका दिनमा अन्तर्राष्ट्रिय मैदानमा खेल्दा नेपाली खेलाडीलाई गाह्रो हुनेछैन,’ गिलनले भने ।

गत संस्करण ललितपुरले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर, प्रशिक्षण समय कम भएको र पर्याप्त आराम समय नपाउने भएकाले यसपाली उपाधि जित्न गाह्रो हुने गिलनले बताए ।

‘सबै टिमसँग प्रतियोगिता जित्न आफ्नै योजना छ । प्रतियोगिताको कुनै पनि खेल सहज हुनेछैन । कुनै पनि प्रतियोगितामा सात दिन आराम हुँदा राम्रो हुन्छ । तर, यो प्रतियोगितामा दुई/ तीन दिनमात्र छ । यसले गाह्रो बनाउने निश्चित छ,’ गिलनले बताए ।

ललितपुरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ रहेका छन् । अनन्तको यो पहिलो एनएसएल हो । चोटका कारण उनले पहिलो संस्करण गुमाएका थिए ।

सबै टोलीमा गुणस्तरको कमि नभएका कारणले प्रतियोगिता प्रतिस्पर्धात्मक रहने अनन्तले बताए ।

‘प्रतियोगिता उपाधि जित्न धेरै मेहनत गर्नुपर्नेछ । सबै क्लबले राम्रा खेलाडी ल्याएकाल यसपालीको एनएसएल प्रतिस्पर्धात्मक हुनेछ । जितका लागि शतप्रतिशत दिनेछौं,’ अनन्तले भने ।

ललितपुरले यसपाली नाइजेरिया र फ्रान्सका दुई तथा प्यालेस्टाइनका एक खेलाडीलाई अनुबन्ध गरेको हो ।

यि हुन् ललितपुरले अनुबन्ध गरेका पाँच विदेशी खेलाडीः
१ ओमलाजा नुरेन करिम- रक्षक, नाइजेरिया
२ आइमो इजिकील- फरवार्ड, नाइजेरिया
३ भिभियाना जोनाथन जोरेल- मिडफिल्डर, प्यालेस्टाइन
४  जेफ्री विली मार्सेल बाल्टस- गोलकिपर, फ्रान्स 
५ पापा इबो केबे-फरवार्ड, फ्रान्स

ललितपुरको टोली
अनन्त तामाङ (मार्की), सनिश श्रेष्ठ, दिनेश हेन्जन, सेसेहाङ आङदाङबे, विवेक पौडेल, आदित्य शाक्य, अनिल महर्जन, नीरज चौधरी, रोशन पाहारी, विशाल सुनार, प्रवेश कुँवर, अनिल राई, करण रावत, सञ्जीत राई, विजय श्रेष्ठ, ओमलाजा नुरेन करिम, आइमो इजिकील, भिभियाना जोनाथन जोरेला, जेफ्री विली मार्सेल बाल्टस, पापा इबो केबे
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो