माघ १६, २०८२ शुक्रबार | १४:५०:२०
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

नेपाल सुपर लिगः नेपालका मैदान देख्दा दंग परे ललितपुरका प्रशिक्षक

काठमाडौं । फ्रेन्चाईज टोली ललितपुर सिटी एफसीका प्रशिक्षक इयान एन्ड्रियु गिलनले नेपालमा भएका मैदानले खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलमा गाह्रो बनाइरहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करण शुक्रबार बाट सुरु हुँदैछ । प्रतियोगिताअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा ललितपुरको प्रतिनिधित्व गरेका गिलनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नेपाल आउने बित्तिकै मैले प्रशिक्षण गर्ने मैदान हेरेँ । फुटबल खेल्ने मैदान जंगल जस्ता थिए । त्यतिबेला मैले व्यवास्थापकसँग सोधेको थिएँ, के हामी यस्तो मैदानमा प्रशिक्षण गर्छौँ ?,’ गिलनले भने, ‘अन्तराष्ट्रिय फुटबलमा यसले नेपाली खेलाडीलाई असर गरिरहेको छ ।’

एनएसएल पश्चात नेपाली फुटबलको ग्रासरुटमा केही गर्ने योजना बनाएका गिलनले अस्ट्रेलियाका मैदानहरु यता ल्याउन सकिने बताए ।

‘अस्ट्रेलियामा भएका मैदानहरु नेपाल ल्याउन सकिन्छ । ती ल्याइएका मैदानमा ग्रासरुट सुरु गर्न सकियो भने भोलिका दिनमा अन्तर्राष्ट्रिय मैदानमा खेल्दा नेपाली खेलाडीलाई गाह्रो हुनेछैन,’ गिलनले भने ।

गत संस्करण ललितपुरले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर, प्रशिक्षण समय कम भएको र पर्याप्त आराम समय नपाउने भएकाले यसपाली उपाधि जित्न गाह्रो हुने गिलनले बताए ।

‘सबै टिमसँग प्रतियोगिता जित्न आफ्नै योजना छ । प्रतियोगिताको कुनै पनि खेल सहज हुनेछैन । कुनै पनि प्रतियोगितामा सात दिन आराम हुँदा राम्रो हुन्छ । तर, यो प्रतियोगितामा दुई/ तीन दिनमात्र छ । यसले गाह्रो बनाउने निश्चित छ,’ गिलनले बताए ।

ललितपुरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ रहेका छन् । अनन्तको यो पहिलो एनएसएल हो । चोटका कारण उनले पहिलो संस्करण गुमाएका थिए ।

सबै टोलीमा गुणस्तरको कमि नभएका कारणले प्रतियोगिता प्रतिस्पर्धात्मक रहने अनन्तले बताए ।

‘प्रतियोगिता उपाधि जित्न धेरै मेहनत गर्नुपर्नेछ । सबै क्लबले राम्रा खेलाडी ल्याएकाल यसपालीको एनएसएल प्रतिस्पर्धात्मक हुनेछ । जितका लागि शतप्रतिशत दिनेछौं,’ अनन्तले भने ।

ललितपुरले यसपाली नाइजेरिया र फ्रान्सका दुई तथा प्यालेस्टाइनका एक खेलाडीलाई अनुबन्ध गरेको हो ।

यि हुन् ललितपुरले अनुबन्ध गरेका पाँच विदेशी खेलाडीः
१ ओमलाजा नुरेन करिम- रक्षक, नाइजेरिया
२ आइमो इजिकील- फरवार्ड, नाइजेरिया
३ भिभियाना जोनाथन जोरेल- मिडफिल्डर, प्यालेस्टाइन
४  जेफ्री विली मार्सेल बाल्टस- गोलकिपर, फ्रान्स 
५ पापा इबो केबे-फरवार्ड, फ्रान्स

ललितपुरको टोली
अनन्त तामाङ (मार्की), सनिश श्रेष्ठ, दिनेश हेन्जन, सेसेहाङ आङदाङबे, विवेक पौडेल, आदित्य शाक्य, अनिल महर्जन, नीरज चौधरी, रोशन पाहारी, विशाल सुनार, प्रवेश कुँवर, अनिल राई, करण रावत, सञ्जीत राई, विजय श्रेष्ठ, ओमलाजा नुरेन करिम, आइमो इजिकील, भिभियाना जोनाथन जोरेला, जेफ्री विली मार्सेल बाल्टस, पापा इबो केबे
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।